तम्घास आउँदै गरेको जीप पाल्पामा दुर्घटना १२ घाईते २ गम्भीर !

प्रेम सुनार, गुल्मी २०७३ पुस २१ । । बिहिबार विहान साढे ११ वजेको समयमा पाल्पामा सडक दुर्घटनामा परी १२ जना घाईते भएका छन् । वुटवलबाट तम्घास आउँदै गरेको लु १ ज १६८९ नम्वरको जिप र विपरित दिशाबाट आई रहेको लु ३ प ६९१९ नम्वरको मोटरसाईकल पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा ठोक्कीदा मोटर साईकलमा सवार २ जना सहित जिपमा सवार १२ जना घाईते भएको जनाईएको छ ।

रेसुङ्गा टेलिभिजनकर्मी ईन्द्रा पटेलका अनुसार जिप करिव ३० मिटर तल खसेको छ । तिव्रगतिमा दुवै सवारी साधन आवत जावत गरेका कारण नियन्त्रण भन्दा बाहिर गएर एक अर्कामा ठोक्कीने पुगेको बताईएको छ ।

जिपका यात्रुहरु सामन्य घाईते भए पनि मोटर साईकलमा सवार दुई जना भने गम्भीर घाईते छन् । यो समाचार तयार पार्ने वेला सम्म प्रहरी पुुगेको छैन् र घाईतेको नाम विवरण पनि खुल्न सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *