दमेक फेँदी संस्कृत पाठशालाका विद्यार्थीलाई न्यानो कपडा वितरण

बागलुङ २०७५ मंसिर ५ । जैमिनी नगरपालिका–२ दमेक फेदीमा रहेको संस्कृत आधारभुत पाठशालाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जगदुगुरुत्तम महाप्रयाण दिवसको अवसरमा श्री राधा माधव समिति तथा डिभाईन युथ क्लब बागलुङले बुधबार एक कार्यक्रमका बिच पाठशालाका विद्यार्थीहरुलाई न्यानो कपडा तथा खाद्य सामाग्री वितरण गरेको हो ।

विद्यार्थीलाई कपडा वितरण गर्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले विद्यार्थीका लागी जाडो समयमा न्यानो कपडा र खाद्य सामाग्री वितरण गरेर राधा माधव समितिले निकै पुण्य कमाएको बताए । उनले जैमिनी ऋषीको पुण्य भुमिमा धार्मिक संस्थाले गरेको कामले जगतगुरु कृपालुजी महाराजको कद अझ उच्च हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जैमिनी संस्कृत पाठशालाका संस्थापक संरक्षक तथा समाजसेवी उमकान्त सापकोटा, जैमिनी नगरपालिका–२ का अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, पाठशाला विद्यालय व्यवस्थापन समितिका सदस्य टंक प्रसाद सापकोटाले जाडो समयमा न्यानो कपडा विद्यार्थीका लागी अति उपयोगी भएको बताए ।

पाठशालामा अध्ययनरत २० जना विद्यार्थीहरुलाई न्यानो कपडा र आवश्यक खाद्यन्न वितरण गरिएको थियो ।

कार्यक्रम श्री राधा माधव समिति बागलुङका संयोजक भिमसेन कुमार श्रेष्ठको अध्यक्षता, सचिव दिपक कंडेलको स्वागत र संस्थाको सदस्य प्रेम प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाले आफ्ना विभिन्न पर्वको अवसरमा जिल्लाका थुप्रै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निरन्तर रुपमा सहयोग गर्र्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *