नेपाल मावि ताराको स्वर्ण महोत्सव एवं विद्यालयको कृयाकलापलाई लिएर छलफल !

खगेन्द्र विश्वकर्मा ताराखोला २०७५ मंसिर ५ । आज बुधवार नेपाल मावि ताराको विद्यालय र अभिभावक बिच आसन्न स्वर्ण माहोत्सव र विद्यालयको क्रियाकलाप बिच छलफल भएको छ । छलफलले विद्यालय निग्रानि र स्वर्ण महोत्सवको अभियानमा एक भएर लाग्ने निर्णय भएको प्रधान अध्यापक थमप्रसाद रोकाले बताए ।

कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका वडान ४ का अध्यक्ष जितबहादुर खत्रीले नेपाल माविको स्वर्ण महोत्सवको अभियानमा १ करोड संकलन भएमा १२ कक्षा सम्म निशुल्क रुपमा पढ्न पाउने बताए ।

छलफलमा अभिभावकहरुले कार्यक्रममा आर्थिक अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अभिभावकको तर्फबाट पुर्व विद्यार्थी गोविन्द पाण्डे , नरसिंह दर्जीले आफ्ने मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जन प्रतिनिधि मनकुमारी रोका, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री राजन लागएतले बोलेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्रीको अध्यक्षता प्रअ थमप्रसाद रोकाको स्वागत र शिक्षक रामलाल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *