योजना संझौता भएपछि सम्पन्न नहुदासम्म आफै अनुगमन गर्ने नगरप्रमुख नेपालीको खुलासा !

झरना कँडेल, बुर्तिवाङ २०७५ मंसिर ५ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहतिको टोली नगरपालिकाका प्रत्यक वडाहरुमा पुगेर चाल आर्थिक वर्ष २०७५/२०७६ मा विनियोजित बजेटबाट निर्माण गरिने योजनाहरुको कार्यान्वयनका लागी उपभोक्ता समितिहरु गठन अभियान सन्चालन गर्न भ्याई नभ्याई छ ।
यसैक्रममा आज ३ नम्वर वडामा विनियोजित विभिन्न योजनाहरुको बजेटको सदुपयोग एवं कार्यान्वयन गर्ने सम्वन्धमा स्थानीय वडावासीहरु संग छलफल विचार विमर्श गरी उपभोक्ता समितिहरु गठन गरिएको छ ।

सो अवसरमा नगर प्रमुख देवकुमार नेपालीले छलफलमा उठेका जिज्ञासाहरुलाई सम्वोधन गर्दै अहिले संबोधन नभएका समस्यालाई अर्को पटक संबोधन गर्ने स्पष्ट पारेका थिए । उनले जनताले तिरेको करबाट विकास निर्माणका कार्य सञ्चालन हुने हुदा विकास निर्माणका कार्य दिगो र आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताए । नगरप्रमुख नेपालीले नगरपालिकाका हरेक योजनालाई समान प्रथामिकताका साथ अगाडि लैजाने बताउदै योजना संझौता भएपछि कार्यसम्पन्न नहुदासम्म आफै अनुगमन गरेरै भएपनि बजेटलाई पारदर्शी बनाउने बताए । उनले अर्काको पछि लाग्नुभन्दा बास्तविकता बुझेर बिकासको लागी हातेमालो गर्नुपर्ने बताउदै नगरपालिकाको बिकासका लागी आफु हरदम तत्पर रहेको बताए । उनले बुर्तिबाङ देखी पुर्कोट र घोसा सम्मको मोटर बाटो पिच गर्नका लागि आफुले पहल गरिरहेको सो अबसरमा जानाकारी दिएका थिए ।

छलफलमा प्रमुख प्रशासकीय अधिर्कत धनप्रसाद पोखरेलले चालु आर्थिक वर्षमा वडा नम्वर ३ मा विभिन्न योजनाहरुको निर्माणका लागि कुल ७८ लाख ५८ हजार रुपयाँ विनियोजन भएको जानकारी दिएको थिए । उनले आफ्नो वडामा परेका योजनाबारे वडाबासीलाई प्रष्ट जानाकारी हुनुपर्ने र विकासलाई अपनत्व प्रदान गरौँ भन्ने उद्देश्येले बडा बडामा कार्यक्रम गरेको बताउदै योजनाका निती नियम र योजनाबारे जानाकारी गराएका थिए ।

सो अबसरमा वडा नं ३ का खिम बहादुर सुनार , दुर्गा क्षेत्री , दल बहादुर सुनार , रेशम सापकोटा बाल कृष्ण घर्तिमगर , सुस्मीता बिक कृष्ण बहादुर छन्त्याल , लगायतले आफ्नो वडामा रहेका समस्या तथा सम्भावनाका बारे गुनासो तथा सुझाब ब्यक्त गरेका थिए ।

वडा नं ३ का वडाध्यक्ष हेमेन्द्र घर्तिमगरको अध्यक्षता भएकाो छालफलमा उप्रमुख करमती पु्न, नगरपालिकाका लेखा अधिकृत अमृत प्रसाद पौडेल , श्रोत ब्यक्ती हरीचन पाण्डे, स्वकीय सचिब केशर बहादुर छन्त्याल , वडा नं ३ का वडा सदस्य तथा कार्यपालिका सदस्यहरु बेलकुमारी छन्त्याल, नर बहादुर सुनार, वडा नं ४ देखी ९ सम्मका वडा सचिब थमप्रकाश घर्तिमगर, पत्रकार लगाएत स्थानिय सरोकारवालाको उपस्थिति रहेको थियो ।

भोलि वडा नं २ मा छलफल कार्यक्रम गरिेने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *