सामाजिक सन्जाल प्रयोग गर्दा कर्मचारीहरुले पदीय जिम्मेवारी र कर्तव्यको ख्याल गर्न निर्देशन !

बागलुङ २०७५ मंसिर ५ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज सम्पन्न जिल्लाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा समाजिक सन्जाल फेसबुकको प्रयोग सम्वन्धमा अहम् निर्णय भएको छ ।

श्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेले अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संघ र प्रदेश अन्तर्गतका साविक र नयाँ स्थापना भएका कार्यालयहरुबाट कार्यालय प्रमुखहरुले कात्तिक महिनाको कामको विवरण, कार्य सम्पादनमा परेका समस्याहरुका बारेमा सबै कार्यालय प्रमुखहरुबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा प्रजिअ खरेलले स्वीकृत कार्यक्रमहरुका काम कार्बाही चुस्त दुरुस्त रुपमा अगाडी बढाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

सोहि बैठकमा सामाजिक संजाल प्रयोग सम्वन्धमा अहम निर्णय भएको छ । पछिल्लो समय विभिन्न ठाउँहरुमा बिबादित घटनहरु भैरहेको सम्वन्धमा यस जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले फेसबुक लगायत सामाजिक सन्जाल प्रयोग गर्दा आफ्नो पदीय जिम्मेवारी कर्तव्य र आचारसंहिता अनुशासनलाई ख्याल गरी सामाजिक सन्जाल प्रयोग गर्न सबै राष्ट्रसेवक कर्मचारीहरुलाई कार्यालय प्रमुख र सूचना अधिकारीले जानकारी गराउने निर्णय गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *