प्रशंगबस : नगरप्रमुख पौडेलको दक्षिण कोरिया भ्रमण, कस्लाई कति ‘फ्रुटफूल’ ?

बागलुङ २०७५ मंसिर ५ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक राज पौडेलको दक्षिण कोरिया भ्रमणले दुई महिना पछी आएर चर्चा पाएको छ ।

नगरप्रमुख पौडेल गत भदौ महिनाको ३० गते तदानुसार सेप्टेम्बर महिनाको १५ तारिखमा दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न (सेप्टेम्बर १६ देखी १९)ं अर्बान टूरिज्म (Urban Tourism)लाई लिएर संयुक्त राष्ट्रको विश्व पर्यटन संगठन (7th UNWTO Global Summit on Urban Tourism)को सातौँ विश्व पर्यटन सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् ।

शहरी पर्यटन सम्वन्धमा नगर प्रमुख पौडेलले हाँसिल गरेको ज्ञानले हाम्रो ग्रामिण पर्यटन वा जनजीवनमा के कति प्रभाव पार्न सक्छ र हाम्रो जस्तो विकासोन्मुख देश त्यसमा पनि बागलुङ जस्तो जिल्लाको लागि कति फ्रुटफूल हुनसक्छ भन्ने नगरप्रमुख पौडेलको अनुभव नगरवासीले सुन्ने बुझ्ने चाहना व्यक्त गरिहेका छन् । यस शुभअवसरको प्रतीक्षामा छन् । पदासीन बनेपछी एक पटक पनि सार्वजनिक सुनुवाई कार्यक्रम हुन नसकेको बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेल आफ्नो कोरियन अनुभवलाई कसरी नगरवासीलाई शेयर गर्छन त्यो भने प्रतिक्षाका विषय बनेको छ ।

नगरप्रमुख पौडेलको दक्षिण कोरिया भ्रमण आयोजक मुलुक दक्षिण कोरिया वा सरोकारवाला संस्थाको विशेष निमन्त्रणामा नेपाल सरकारको स्वीकृति र नगरपालिका बोर्डको निर्णयानुसार भएको नगरवासीको बुझाई हुनु स्वभाविकै हो । तर भ्रमण समाप्तीको दुई महिना पछी नगरप्रमुख पौडेलले कोरिया भ्रमणको खर्चको बिलको भुक्तानी बागलुङ नगरपालिकाबाट दिने हालै निर्णय गराएको सन्दर्भ बाहिर आएपछी पौडेलको दक्षिण कोरिया भ्रमण चर्चाको शिखरमा पुगेको हो ।

नगर प्रमुख पौडेलले सरकार एवं नगरपालिकाको पूर्व स्वीकृती तथा आयोजक मुलुक एवं संस्थाको आधिकारिक निमन्त्रणा लगायत दक्षिण कोरिया भ्रमणको सम्पूर्ण आधिकारिक कागजात सार्वजनिक गर्नु पर्ने माग नगरवासीको छ ।

नगरप्रमुखको दक्षिण कोरिया भ्रमण नेपाल सरकार वा नगरपालिकाको निर्णय बिना नै आफुखुसी भएको हो भने नगरपालिकाबाट भ्रमण भत्ता भुक्तानी लिन र दिन नमिल्ने विज्ञहरुले बताएका छन् ।

‘आफुखुशी देश विदेश घुम्न जानेहरुलाई सरकारी ढुकुटीबाट खर्च व्यहोर्ने नेपालमा कुनै कानून भए जस्तो जाग्दैन’, एक कानून व्यवासायीले भने, ‘यसो हो भनेत, फुपूको छोराको बिबाहमा जन्ती गएको भत्ता पनि नगरपालिकाबाट बुझे भैहाल्यो नि ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *