मल्मको राम्चेढुङ्गालाई पर्यटकीय क्षेत्र बनाउन कस्सिए वडाध्यक्ष थापा !

घनश्याम गौतम, गल्कोट २०७५ मंसिर ५ । प्रथम गल्कोट महोत्सवमा प्याराग्लाईडिङबाट गल्कोट उपत्यकाको दृश्यावलोकन गरिएपछी निकै लोकप्रिय बनेको प्याराग्लाईडिङ उडान प्रति राम्चेढुङगा पर्यटन बिकास केन्द्र गल्कोट नगरपालिका ७ मल्मको बिशेष ध्यान केन्द्रित भएको छ ।

केन्द्रको मंगलबार बसेको बैठकमा प्याराग्लाईडिङ विषयले प्रवेश पायो । बैठकले बनभोज कार्यक्रम २०७५ पुस १३ देखी १५ सम्म बिबिध कार्यक्रम सहति सञ्चालन गर्ने तथा पर्यटन बिकासको लागी बिबिध पञ्च बषिय कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने निर्णय गरको छ । बैठकले राम्चेढुङ्गालाई प्रयटकीय गन्तब्यको रुपमा बिकास गर्न पुर्बाधार बिकास गर्नुपर्ने आबश्यकता रहेको निश्कर्ष निकालेको हो ।

कार्यक्रममा बोल्दै बडा अध्यक्ष सुबेदार टिका बहादुर थापाले राम्चेढुङ्गामा प्यारा ग्लाईडिङको सफल परिक्षण भएकोले पर्यटकीय गन्तब्य बनाउन सकिने सम्भावित क्षेत्र रहेको बताए । थापाले राम्चेढुङ्गालाई पुर्बाधार बिकासको लागी नगरपालिकामा बिशेष योजना बनाएर छलफल गर्ने पनि जानकारी दिए । राम्चेढुङ्गालाई गल्कोट नगरपालिकको एउटा आर्कषणको केन्द्र बनाउन सबैजना एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

केन्द्रले आयोजना गरेको बनभोज कार्यक्रममा बिशेष गरि स्थानिय तहका जनप्रतिनिधी तथा गल्कोट क्षेत्रका सरोकारबालाहरुलाई सहभागी गराउने र स्थानिय अर्गानीक खानाका परिकारको साथमा बनभोज सम्पन्न गर्ने उद्देश्य बनाएको ज्ञान बहादुर थापाले बताए । कार्यक्रम केन्द्रका अध्यक्ष बिष्णु थापा अध्यक्षता शिक्षक तुल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *