नेपाल माबि तारामा प्राविधिक शिक्षा सन्चालगर्न NYCको आर्थिक संकलन अभियान !

ताराखोला २०७५ मंसिर ४ । नेपाल मा बि तारामा प्राबिधिक शिक्षा संचालनका लागि आधार तयार पार्न ताराखोलाको एक क्लबले आर्थिक संकलन अभियान शुरु गरेको छ ।

ताराखोला गाउपालिका वडा न ४ मा स्थापित नवसृजना युवा क्लब (NYC) ताराले क्लबको तर्फ बाट रु ५ हजार सहयोग गर्दै अभियाज शुरु गरेको हो । क्लबले आफ्नो बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रमको मुल समारोहको अबसरमा आर्थिक संकलन अभियान शुरु गर्ने घोषणा गरेको र मंसिर १ गते देखि उक्त बिधालयमा प्राबिधिक शिक्षा संचालनका लागि आधार तयार पार्न सघाउ पुर्याउने उदेश्यले आर्थिक संकलन अभियान संचालन गरेको क्लबका अध्यक्ष पूर्ण भद्र निउरेले बताए । क्लबले उक्त अभियान नेपाल मा बि ताराको शैक्षिक बिकास र स्थानीय स्तर मै प्राबिधिक शिक्षा अध्ययनका लागि आधार तयार पार्ने एक मात्र उदेश्य ले संचालन भएकोले यस अभियानमा साथ दिन बिद्यालय का पूर्ब बिध्यार्थी , शिक्षा प्रेमी , शुभचिन्तकहरुमा सामाजिक संजाल तथा अन्य माध्यमबाट अपिल समेत गरेको छ ।

अभियानको क्रममा संकलित रकम नेपाल मा बि ताराको आगामी फागुन महिनामा संचालन हुने स्वर्ण महोत्सवको मुल समारोहको अबसरमा हस्तान्तरण गरिने क्लबका कोषाध्यक्ष जि एम जितुले बताए । आर्थिक अभियानको क्रममा सहयोग गर्ने सहयोग दाताहरुको नाम र सहयोग रकम क्लबको फेसबूक पेजमा समाजिक संजाल मार्फत सार्बजनिक गरिने र बिद्यालयले निर्धारण गर्ने सबै किसिमका सम्मानबाट सम्मान गरिने क्लबले जनाएको छ । यो अभियानमा सहाभागी हुन चाहनेले प्रभु बैंक ताराखोला शाखाको खाता न 193110701058185000001 मा रकम जम्मा गर्न सकिने र बैंक को पहुचमा नहुनेले सहयोग रसिद मार्फत सहयोग गर्न सकिने क्लबका अध्यक्ष निउरेले बताए ।

नबसृजना युवा क्बल सामाजिक हित र मानवीय सेवामा तल्लिन गैरसरकारी सस्था हो, क्लबले केही समय अगाडि मात्र ए प्लास्टिक एनेमियाबाट ग्रसित गितकार नरेन्द्र घर्तीको उपचारका लागि ४ लाख ४८ हजार बराबरको रकम संकलन गरि हस्तान्तरण समेत गरिसकेको छ भने स्थानीय बिधालय तथा बाल बिकास केन्द्र हरुलाई समेत सहयोग प्रदान गर्दै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *