कौडा,तास र नगद रु ८ लाख सहित झण्डै दुई दर्जन जुवाडे पक्राउ !

काठमाडौं, २०७५ मंसिर ४ । टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने ४२ वर्षीय जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनी समेत १५ जनालाई कौडा १ सेट (१६ वटा) १ बुक तास र नगद ७ लाख १५ हजार ४ सय रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैवीच काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु बस्ने धादिङ बसेरीका ३५ वर्षीय देव गुरुङ र ३० वर्षीय धनबहादुर गुरुङलाई १२ वटा कौडा र नगद ८० हजार रुपैयाँ सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

निज गुरुहरु चढेको बा६१ प ७१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक देव र स्कुटरमा सवार धनबहादुरलाई उक्त कौडा र नगद सहित बालाजु चोकमा फेला पारी पक्राउ गरेको हो ।

साथै अन्य ६ जनालाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *