बडीगाड महोत्सव हाफ म्याराथुन : अर्जुनवाण गण बिहुँको कब्जामा, सिपाहीँ कार्की प्रथम !

कमल पौडेल, बडीगाड बागलुङ २०७५ मंसिर ४ । प्रथम बडीगाड महोत्सव तथा पौंँदी न्वागी मेला २०७५ को अवसरमा आयोजित हाफ म्याराथुन दौडमा प्रथम, व्दितिय र तृतिय स्थान नेपाली सेना अर्जुनवाण गण बिहुँमा कार्यरत सेनाले जितेका छन् ।


प्रथम हुनेमा बागलुङ काठेखोला गाउपालिकाका सिपाहीँ नर वहादुर कार्की छन् भने बागलुङ नगरपालिका तित्याङका सिपाहीँ प्रज्वल खत्री व्दितिय भएका छन् । यसैगरी सोही गणमा कार्यरत इलाम घर भएका हुद्दा (हवल्दार) गुञ्जमान श्रेष्ठले तृतिय स्थान प्राप्त गरेका छन् ।

हाफ म्याराथुनमा प्रथम हुने सिपाहीँ कार्कीले १ घण्टा १९ मिनेट ४७ सेकेण्डमा २१ किलोमिटर दुरी पार गर्दै बडीगाड हाप म्याराथुन दौड जितेका हुन्् । त्यसैगरी अर्का सिपाहीँ प्रज्वल खत्री ले १ घण्टा १९ मिनेट ५३ सेकेण्डमा २१ किलोमिटर दुरी पार गर्दै व्दितिय भएका छन्। भने अर्का हुद्दा (हवल्दार) श्रेष्ठले १ घण्टा २१ मिनेटमा सो दुरी पार गर्दै तृतिय स्थान हासिल गरेका हुन् ।

२५ जना को सहभागिता रहेको प्रतियोगीतामा बडीगाड गाउँपालिकाको खार वजार देखि गिरङ्दी सम्म प्रतियोगीलाई दौडाइएको थियो। प्रतियोगीतामा प्रथम, व्दितिय तथा तृतिय हुनेले क्रमशः ७ हजार, ५ हजार तथा ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *