राप्रपाको भात्रृ संगठन प्रवासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष्यमा दीपेन्द्र केसी निर्बाचित !

लुभेन,(बेल्जियम), २०७५ मसिर ४ । राप्रपाको भात्रृ संगठन प्रवासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष्यमा दीपेन्द्र केसी निर्बाचित भएका छन । आईतवार लुभेन शहरमा सम्पन्न संस्थाको प्रथम अधिबेशनले केसीलाई अध्यक्ष र उपाध्यक्षमा क्रमश महेन्द्र पन्त, मदन सिंह तिमल्सेना र मदन गुरुङ,महासचिब सन्तोष सिंह, सचिवमा क्रमश सन्जिब लामा र अनिल थापा कोषाध्यक्षमा बिबेक उपाध्यायको साथै सदस्यहरुमा क्रमश सचिन केसी, दिपक मल्ल, ज्ञानेन्द्र बिक्रम ठकुरी, धन गुरुङ ,डम्बर लिम्बु, मोहित बस्नेत, सुरेन्द्र खडकालाई निर्बिरोध निर्विचित गरेकोछ ।

त्यसै गरी सल्लाहकारहरुमा राप्रपाका केन्द्रिय सदस्य सुरेन्द्रमान अमात्य, रामचन्द्र पाठक, दिनेश मल्ल, रिम रेग्मी र चण्डिका उपाध्याय चयन् भएका छन ।

बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा, एनअरएनए केन्द्रीय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिब बरुवाल, जनसम्पर्क समिति अध्यक्ष सीता सापकोटा, राप्रपा केन्द्रीय सदस्य सुरेन्द्र अमात्य, जनप्रगतिशील मंच बेल्जियम जित लामा , प्रवाशी नेपाली मंच अध्यक्ष बोधराज पौडेल , जनजाति महासंघ बेल्जियमका अध्यक्ष बाबुराज लामा, संघीय समाजबादीका अध्यक्ष नेत्र मगर, गैह्र आवासीय नेपाली संघका महासचिव गोबिन्द सिंह अधिकारी, प्रवाशी नेपाली एकता समाज नेदरल्यान्डका अध्यक्ष बिक्रम बानिया, एनआरएनए पूर्व अध्यक्ष गंगाधर गौतमले अधिवेशन सफलताको शुभकामना दिएका थिए भने कार्यक्रममा उपस्थित अतिथीहरुलाई महेन्द्र पन्तले स्वागत गरेका थिए ।

समाजका कार्यबाहक अध्यक्ष दिपेन्द्र केसीको सभापतित्वमा भएको उद्घाटन समरोह बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता, राप्रपाका केन्द्रीय सदस्य लाल ध्वज लामा ९तामाङ्ग०को बिशिष्ट आतिथ्यतामा र सचिन केसीको सन्चालनमा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *