ढोरपाटन नगरपालिका – ६ मा २६ योजनाहरुको उपभोक्ता समिति गठन प्रक्रिया सुरु !

झरना कडेल,बुर्तिवाङ २०७५ मंसिर ४ । ढोरपाटन नगरपालिकाको वडा नं ६ मा आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित वजेटबाट निर्माण सम्पन्न हुने योजनाहरुको छलफल र निर्माण कार्यका लागि उपभोक्ता समिती गठन प्रक्रिया सुरु भएको छ । वडा नं ६ मा परेका योजनाहरु मध्ये २६ वटा योजनाहरुको उपभोक्ता समिती गठन गठन प्रक्रिया सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जनताले तिरेको करबाट विकास निर्माणका कार्य सञ्चालन हुने हुदा विकास निर्माणका कार्य दिगो र आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताए ।

कार्यक्रममा ढोरपाटन नगरपालीका वडा नं ६ का वडाध्यक्ष जीवन कुमार पुनको अध्यक्षता , नगरप्रमुख देबकुमार नेपालीको प्रमुख आतिथ्यता , उप्रमुख करमती पु्न, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, लेखा अधिकृत अमृत प्रसाद पौडेल, योजना शाखा प्रमुख नायब सुब्बा चण्डीप्रसाद पौडेल, नगरप्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल , वडा नं ६ का वडा सदस्य जमुना घर्ती मगर गोपाल विक सोक बहादुर थापा सहित अमर बहादुर बुढा दल बहादुर भण्डारी बोम बहादुर बुढा लगाएत पत्रकार स्थानिय सरोकारवालाको सहभागितामा कार्यक्रम गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *