उपभोक्ताको अधिकार संरक्षणका लागि कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्न आवश्यक – प्रजिअ खरेल

प्रजिअ खरेलव्दारा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको उद्घाटन !

कोपिला कंडेल, बागलुङ २०७५ मंसिर ३ । बागलुङ जिल्ला सदरमुकाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भैरहवा अन्तर्गत बा.न.पा १ रामरेखामा शाखा कार्यालय स्थापना भएको हो ।

कात्तिक महिनामा स्थापना भएको कार्यालयको आज एक समारोहका बिच प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा प्रजिअ खरेलव्दारा गमलामा सयपत्री फुल रोपिएको थियो ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले खाद्य प्रबिधिले मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले उपभोक्ताको अधिकार संरक्षणका लागि कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उपभोक्ताको हक हितलाई मध्यनजर गरेर गुणस्तरीय खाद्य वितरणलाई कार्यालयले पहिलो प्राथमिकता बनाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी खरेलले कार्यालयको उदेश्य अनुरुप सबैले सहयात्रा गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम नागरिकलाई गुणस्तरीय सेवा प्रदानका लागि कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने भन्दै सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख केदार शर्माले कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि वडा स्तरिय समुह गठन गर्ने जानकारी दिँदै कार्यालयकबाट गुणस्तरिय खाद्यान्न वितरणका लागि सचेतना जगाउने, सहजिकरण गर्ने तथा अनुगमन लगायतका कार्यक्रमलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । नयां कार्यालय स्थापना भएकाले सबैको सहयोग सुझाव र सहकार्य आवश्यक रहेको उनको भनााई थियो । कार्यालयमा हाल ४ जना कर्मचारी रहनेछन् ।

ककार्यक्रम कार्यालय प्रमुख केदार शर्माको अध्यक्षता र जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय बागलुङका सुदिप शर्माको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- कृष्ण थापा, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *