महोत्सव हेर्न हिँडेकी ८५ वर्षिया श्रीकला जीसीको शव जोगीबगरमा !

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर ३ । आज विहान बडीगाड गाउपालिका-५ साविक ग्लालिचौर गाविस-२ जोगी बगर, बडीगाड खोलाको किनारमा फेला परेको बेबारिसे शव गुल्मी जिल्ला मालिका गाउपालिका ५ छाप साबिक छापहिले गाविस १ बस्ने ८५ वर्षिया श्रीकला जीसीको रुपमा सनाखत भएको छ ,

मृतक जीसी बडीगाड महोत्सव हेर्ने र वामीटक्सारमा रहेको छोरालाई भेट्ने भएर घरबाट निस्किएको बताईएको छ । दिसापिसावको लागी खोलाको किनारमा गएकी वृद्धको ढुंगामा चिप्लिएर खोलामा खसी मृत्यु भएकोे प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

उनको शव पोष्टमार्टम पछि परिवारले वुझि लिएको प्रहरी निरिक्षक यादवले जानकारी दिए । मृतक जिसाका छोरा डीबी जिसी मुसिकोट नगरपालिकामा स्वास्थ्य इचार्जको रुपमा कार्यरत छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *