बुर्तिबाङमा भैँसीचोरको आतँक : दुई पटकको प्रयास असफल भएपछी घरबारी तोडफोड !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ मंसिर ३ । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा टिकालाल सुवेदीले पालेको दुहुनो भैंसी चोरी गर्ने गिरोह सक्रिय बन्दै गएको छ ।
गत कात्तिक २४ गते राति गोठमा बाँधिएको दुहुनो भैंसी फुकाएर भुजीखोला किनारमा लग्दै गरेको अवस्थामा भैंसी फुत्किएर घाईते अवस्थामा बच्न सफल भएको एक हप्ता नबित्दै पुन गए राति भैँसी चोर्न आएको घटना सार्वजनिक भएको छ ।

सुवेदीको परिवार बुर्तिबाङ लक्ष्मीकुण्ड रोड आफनै घरमा बस्दै आएका र भैंसी बाँध्ने गोठ पेट्रोल पम्पको केहि तल सेरा तर्ने पुल नजिक रहेको अवस्थामा गए राती करिब ३ बजे भैंसी फुकाएर काट्नका निम्ती नदी किनार तर्फ लग्दै गर्दा भैँसी फुत्किएर मानव बस्ती तर्फ लागेका कारण बाँचेको स्थानीयको अनुमान छ ।

गत हप्ता खोला तर्फ लग्दै गर्दा भैंसीको बाँया भागको एउटा सिँग भाँचिनुका साथै गयराति समेत शरीरका बिभिन्न भागमा चोट लागेको छ ।

चोरी गर्ने गिरोहले भैंसी कब्जामा लिन नसकेपछि करेसाबालीमा लगाईएको हजारौँ रुपैँयाको तरकारी बाली उखेलेर नदीमा फाल्नुका साथै सुवेदीको गोठ नजिकै कृष्ण खनालको घरमा डेरा गरी बस्दै आएका जितबहादुर पुनको परिवारलाई भित्र सुतेको अवस्थामा बाहिरबाट चुकुल लगाएर घरमा तोडफोड गर्दा झयालका सिसा फुटेको छ ।

चोरी गर्ने गिरोहको समुहले गोठ नजिकै करिब ५ लिटर घरेलु मदिरा, मासु काट्न बिच्छ्याउने खालको प्लास्टिक, एउटा जुत्ता समेत छोडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा आफुहरुले अध्ययन गरिसकेको र अपराधी पत्ता लगाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादबले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *