बडीगाड खोलाको किनार जोगीबगरमा मृत भेटिएकी को होलिन यी महिला ?

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर ३ । आज विहान बडीगाड गाउपालिका-५ साविक ग्लालिचौर गाविस-२ जोगी बगर, बडीगाड खोलाको किनारमा एक बृद्ध महिलाको बेबारिेसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ६०/६५ वर्षकी क्षेत्री वा बाहुन जातको जस्तो देखिने महिलाको शव देखिएपछी प्रहरीलाई खबर गरेका थिए । बुर्तिवाङ ईलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटना स्थलको प्रकृति मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाएको जानकारी दिएको छ ।

मृतक महिलाले नाकमा फुली लगाएकी छन भने उनले कलेजी रंगको चोली, निलो पोटुका, रातोमा निलो सेतो रंगको बुट्टा भएको साडी लगाएकी छन् । उनको उचाई ५ फिट रहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको सनाखत हुन सकेको छैन । बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले घटना एक दुई दिन भित्रको हुन सक्ने बताए ।आत्महत्या वा हत्या वा भवितव्य बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *