गल्कोट घुम्टे विकास मन्चको साधारण सभा सम्पन्न, ‘अस्मी’ उपन्यासको विमोचन !

काठमाडौँ २०७५ मंसिर २ । शखमुल स्थित नेरिक एकेडेमीमा गल्कोट घुम्टे विकास मञ्चको साधारण सभा तथा घुम्टे अंक ५ बिमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । सोहि अवसरमा साहित्यकार मन खत्री सागरको दोस्रो कृति अस्मी उपन्यास पनि बिमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा. चित्रलाल भट्टचनद्वारा गल्कोटबाट काठमाडौ आई बसोबास गर्ने जेष्ठ नागरिक बल बहादुर बस्नेत र देउ कुमारी भण्डारी साथै गल्कोटमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु भएका डम्मर बहादुर थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिथि गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले बिश्वका बिभिन्न देशमा तथा नेपालका बिभिन्न जिल्लामा गल्कोट समाजको नामबाट सबै संस्था क्रियाशील रहेकोमा काठमाडौमा गल्कोट समाजको संस्था नरहेको र यहि बिकास मञ्चको नाम परिबर्तन गरि गल्कोट समाज काठमाडौ राख्दा एकरुपता कायम हुने र सामाजिक काममा मिलेर अगाडि बढ्न सकिने विचार व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष बिके मान सिंहले गल्कोट र गल्कोटेको हितका लागि यो मञ्च अझ सक्रिय हुँनु पर्ने औल्याउँदै हाल सम्म संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै बर्तमान कार्य समितिलाई धन्यबाद दिँदै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

सोहि अबसरमा मञ्चका अध्यक्ष मेघ केसीले हाल सम्म गल्कोटको बिकासमा बिकास मञ्चले गरेका गतिबिधीको जानकारी गराउँदै गल्कोटको बिकासमा सबै क्षेत्रबाट सहयोग पुर्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा मन खत्री, डा। मणि शर्मा, खडक बस्नेत, प्रेम अधिकारी लगाएतले आफ्ना भनाई राखेका थिए ।

साधारण सभाले प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको छ, जसमा उपाध्यक्ष मन बहादुर खत्री, महासचिब थमन बहादुर भण्डारी, सचिव मिलन कंडेल, कोषाध्यक्ष देवेन्द्र सुवेदी, सदस्य भिम कुमारी शर्मा, सदस्य ईल्सन थापा रहेका छन् ।

कार्यक्रम मेघ केसीको अध्यक्षता, मिलन कंडेलको स्वागत मन्तव्य र थमन बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *