तुरतुरे तालमा आज -याफ्टिङ सुरु , थुप्रै यात्रुहरु नौका विहारमा !

दिनेश शर्मा, बडीगाड (तुरतुरे) २०७५ मंसिरर २ । गत भदौ २९ गते राति ११.३० बजे बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीबाट एक्कासी पहिरो खसेर बडीगाड खोला थुनिएर बनेको तुरतुरे ताल (जलाशय)मा आज -याफ्टिङ सुरु भएको छ ।

बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ उद्घाटन भएको भोलिपल्टै आज ५ बजेको समयमा तुरतरेको जलाशयमा प्रथम पटक नौका बिहार (याफ्टिङ) सुरु गरिएको हो ।

बडीगाड गाउपालिका ५ का युवा टम जिसीको सक्रियतामा दुईटा डुंगा याफ्टिङ व्दारा आज देखि विधिवतरुपमा नौका बिहार सुरु भएको हो ।

सुरुमा स्थानीय पीडितहरुले आफ्नो जग्गाको क्षतीपूर्तिको व्यवस्था नभएसम्म नौका बिहार गर्न नदिने भनी केहि बिरोध जनाएका थिए । तर पछी बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा र समाजसेवी तुलसी अर्याल लगायतको सम्झाई बुझाईपछ पीडितहरुले मन्जुरी दिएको श्रोतको दाबी छ ।

तुरतुरेमा याफ्टिङ सुरु भएपछी महोत्सवको थप आकर्षण हुने विश्वास गरिएको छ । अहिले दुईटा डुंगाले जलाशयमा यात्रुहरुलाई लिएर जलविहारमा छ ।

नौका विहारको तस्वीर- दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *