श्रीमती र छोराको हत्या गरी सकेपछि आत्महत्याको प्रयास !

प्रेम सुनार, रुकुम २०७५ मंसिर २ । । मदिराको मातमा पश्चिम रुकुममा आज विहान एक ब्यक्तिले आफ्नी श्रीमती र छोरालाई भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेका छन ।

विहान पख करिव २ बजेको समयमा त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ बर्षिय सत्यबहादुर बुढाले ४२ बर्षिया श्रीमती ईन्द्रकला बुढालाई बन्दुक प्रहार गरी हत्या गरे लगत्तै आमालाई बचाउने प्रयासमा लागेका ११ बर्षिय छोरा प्रकाशलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन ।

श्रीमती र छोराको हत्या गरे लगत्तै उनी स्वयंले आत्महत्या गर्न सोही खुकुरीले आफ्नो घाँटी रेटेको पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए । चार ईञ्च गहिरो घाँटी रेटेका बुढालाई उपचारका लागि नेपालगञ्ज पठाईएको डिएसपी खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *