आजको तस्वीर : बडीगाड महोत्सवमा न्वागी खाँदै मन्त्री अधिकारी !

थम्मन थापा सन्देश, बडीगाड खार २०७५ मंसिर १ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको पर्यटन मन्त्री रविन्द्र अधिकारीले भव्य समारोह बीच उद्रघाटन गरेका छन् । उदघाटन समारोहमा अपेक्षाकृत जनसमूहको जमघट भएको आयोजक मख्ख बनेका छन् ।

मेलामा स्थानीय सीपबाट निर्मित साग्रीहरु, भीर मौरीको मह, पौँदेलीहरुको मिष्ठान्न न्वागीको स्वादले आमन्त्रित अतिथीहरुको स्वागत गरिएको छ ।

प्रमुख अतिथी मन्त्री अधिकारी कार्यक्रम जारी रहँदा नै पोखरा फिरेका थिए । तर महोत्सवस्थलमा कार्यक्रम भने जारी रह्यो । आज चर्चित गायक गायिका बमबहादुर कार्की र शिवा आलेको सौगीतिक प्रस्तुति रहेको थियो भने स्थानीय लोपोन्मुख नृत्यहरु प्रदर्शन गरिएको थियो ।

प्र्स्तुत छन महोत्सवका केहि तस्वीरहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *