बृद्धबृद्धा र अशक्तलाई घरमै पुगेर प्रभु बैँकले खाता खोलिदिएकोमा प्रशंसा !

विकास सुवेदी, गल्कोट २०७५ मंसिर १ । प्रभु बैंक लिमिटेड र गल्कोट नगरपालिका १० रमुवाको संयुक्त आयोजनामा अशक्त अपांग बृद्ध बृद्धाहरुको सामाजिक सुरक्षा भत्ताको सुविधालाई ध्यानमा राख्दै पाण्डवखानीको रमुवामा पुगेर सेवाग्राहीहरुको नाममा बैँक खाता खोलिएको छ ।

बैंक स्टाफ शिशिर मल्लका अनुसार आज रमुवामा सामाजिक सुरक्षा भत्ता पाउने ८५ जना बृद्धबृद्धा, अशक्तहरुको नाममा खाता खोली दिएको हो ।

वडा नं १० का वडाध्यक्ष तिलक घर्तील रमुवा बाट गल्कोट हटियामा आएर खाता खोल्न निकै असुविधा हुने हुँदा बैकका कर्मचारी नै रमुवामा पुगेर खाता खोलिदिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

भोलि आईतबार बैँक टोली पाण्डवखानी पुगेर पहिला खाता खोल्न छुटेका सेवाग्राहीहरुको पनि खाता खोलिने कार्यक्रम रहेका बैँक कर्मचारीले जानकारी दिएका छन् ।
रमुवामा प्रभु बैंकका स्टाफ शिशिर मल्ल, विपिन थापा र प्रकाश सुवेदी पुगेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *