कालिका मन्दिर र ढोरपाटन वीचको पर्यटकीय क्षेत्र आर्थिक श्रोतको रुपमा विकास हुनु आवश्यक – अधिकारी

दिनेश शर्मा, खारबजार, (बडीगाड) २०७५ मंसिर १ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ को प्रमुख अतिथी मन्त्री रविन्द्र अधिकारीले विशेष कार्यक्रमका बीच पौँदेलीहरुको प्रशिद्ध न्वागी मेलाको दिन न्वागी खाएर पानसमा दीप प्रज्ज्वलन गरी उदघाटन गरेका छन् ।

उद्घाटन पछी महोत्सवस्थलमा भेला भएका विशाल जनसमुहलाई सम्वोधन गदै मन्त्री अधिकारीले यस क्षेत्रको विकासमा आफु अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै बागलुङको कालिका मन्दिर देखी ढोरपाटन बीचमा रहेका पर्यटकीय स्थलहरु आर्थिक श्रोतका रुपमा विकास हुन सकेमात्र बागलुङ जिल्ला र गण्डकी प्रदेशको विकास सम्भव भएको बताए ।

पर्यटकीय दृष्टिले बागलुङ जिल्ला अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रको विकास भएमात्र जिल्लाको विकास हुने बताउदै प्रमुख अतिथी अधिकारीले जिल्लाको पर्यटन क्षेत्रहरुको विकासमा सरकार अत्यन्त गम्भीर रहेको पनि बताए । मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन मार्ग सरकारको प्राथमिकतामा रहेको उनको भनाई थियो ।

एकाको प्रशंगमा मन्त्री अधिकारीले भने जनताले राजनीतिक स्थायित्व र बलियो सरकारका लागि जनादेश दिएकाले जनतालाई धैर्यरहन आग्रह गर्दै यस अगाडी जस्तो ६ महिना र ९ महिनामा प्रतिफल खोज्नु भन्दापनि पाँच वर्षमा के कस्ता काम हुन्छ त्यस्को धैर्यताका साथ मुल्यांकन गर्न आग्रह गरे ।

पहिले जस्ता एउटैमात्र सरकार नरहेर स्थानीय, प्रदेश र संघीय सरकार एउटा सरकारले काम बिगारेपनि अर्को सरकारले त्यस्लाई खबरदारी गरिरहने हुँदा सम्वृद्धि आउने कुरामा दुईमत नरहेको बताए । यस भन्दा अगाडीको संक्रमणकाल, अव्यवस्थितपना र अराजकताले देश निकै कमजोर भएको हुनाले त्यसलाई सरकारले सहि बाटोमा ल्याउन केहि समय लाग्ने उनको भनाई थियो । उनले अगाडी भने सरकारले अहिले एक सय कानून पारित गरिसकेको छ र पारित गर्न बाँकी ३ सय कानून रहेको उल्लेख गर्दै यो पारित भएपछी द्रुतगतिमा विकास हुने बताए । मन्त्री अधिकारीले प्रतिपक्षलाई सरकारलाई रचनात्मक सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा मन्त्री अधिकारीले बडीगाड गाउपालिका भित्र रहेर सरकारी उच्च ओहोदामा पुगेका सुुनसरीका जिल्ला न्यायाधीश खिमानन्द भुसाल, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, डा प्राचार्य डा श्रीकृष्ण खरेल, डा बिमल घिमिरे, राष्टपति कार्यालयका उपसचिव हिरामणी आचार्य र पत्रकार विमल घिमिरेलाई खादा र सम्मान पत्रले सम्मानित गरेका थिए ।

सो अवसरमा सांसद देवेन्द्र पौडेल, बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, नेपाली काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापा पत्रकार बिमल गौतम लगायत विभिन्न वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलाकार बोमबहादुर कार्की र शिव आलेले पुरानो गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । महोत्सवका गाउपालिका भित्रका उत्पादनहरु प्रदर्शित गरिएको छ ।

महोत्सव उद्घाटन कार्यक्रम आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, स्वागत मन्तव्य समितिका उपाध्यक्ष कृष्ण भट्टराई र सन्चालन समितिका सचिव विष्णु आचार्यले गरेका थिए ।

सहकर्मी कमल पौडेलका अनुसार उद्घाटन कार्याक्रममा बडीगाड खोलाको असला माछा, रणसिंहको भीरमौरीको मह, कुमाल जातीको लोप उन्मुख हेम्फै नाच, पौंदीवासीको न्वागी, सिसाखानीको सति घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडीवुटी, खानीका स्लेट ढुंगा, कृषि लगायतको प्रदर्शन गरिएको थियो। बडीगाड भित्रका प्रत्येक वडाहरुवाट झाँकी सहित आएको र्यालीले खार वजार ढपक्कै ढाकेको थियो। कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो। मेलामा उपस्थित सवैलाई न्वागी खुवाइएको थियो।

आजै अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीताको पनि उद्घाटन गरिएको छ। कराँते प्रतियोगीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ७ प्रदेश तथा आयोजक गरि ११ समुहको सहभागिता रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *