प्रशंगवस : आध्यात्मिक एवं नैतिक ज्ञानव्दारा मानवमात्रको कल्याण गर्ने संस्था ‘ओम शान्ति’ !

यस्तो छ, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय,राजयोग केन्द्र बागलुङको स्थापना र बिस्तार !

बागलुङ २०७५ मंसिर २ । २०५४ साल असोज २३ गते बागलुङ सदरमुकामको एक कोठाबाट दुई ब्र्रह्मकुमारीहरु सावित्री र काविताबाट सुरु गरिएको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग केन्द्र बागलुङको २१ वर्ष पछी जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा आफ्नै भवन सहित शाखा, उपशाखा र पाठशालाहरु सन्चालनमा रहेका छन् ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग केन्द्र बागलुङ

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको बिसं १९९३ (सन १९३६) मा श्रद्धेय लेखराज कृपालानीले, (जस्लाई शिष्यहरुले ब्रह्माबाबाको नामले पुकारछन्) यसको स्थापना गरेका हुन् । भनिन्छ बाल्यकाल देखीनै धार्मिक प्रवृतिका यिनलाई भगवान शिवबाट दिव्य अनुभूति प्राप्त भयो । उनको मन मानवकल्याण तिर आकृष्ट हुन थाल्यो । अन्तत उनले बिसं १९९३ मा यस संस्थाको स्थापना गरे र बिसं १९९४ (सन १९३७)आध्यात्मिक ज्ञान र राजयोगलाई जनजनमा पुराउन संस्थाले कार्य सुरु ग-यो । पछी उनले आफ्नो सबै संपत्ति संस्थाको नाममा अर्पण गरेका थिए । पहिले यस संस्थामा महिलाहरु मात्रै ब्रह्माकुमारीको रुपमा सहभागिता रहने व्यवस्था थियो तर पछी पुरुषहरुपनि ब्रह्माकुमारको रुपमा सहभागिता जनाउन थालेका हुन् ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्रका विभिन्न शाखाका सन्चालिकाहरु:


ब्रकु राधिका दिदी, ब्रकु जानकी दिदी, ब्रकु भवानी दिदी, ब्रकु लक्ष्मी दिदी ।

ब्रकु मन्दिरा दिदी, ब्रकु रिना दिदी, ब्रकु सुनन्दा दिदी र ब्रकु कृष्ण भाई ।

हाल विश्वभरमा यसका १३७ देशहरुमा ८५ सय भन्दा बढी शाखाहरु छन । नेपालमा पनि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका सयौं शाखाहरु सन्चालनमा रहेका छन् ।बागलुङ सदरमुकाम स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र जस्लाई ओम शान्तिको नामले पुकारिन्छ, अन्तरगत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाहरु रहेका छन् । बागलुङ जिल्लाको सदरमुकाममा रहेको केन्द्र २०५४, गल्कोट शाखा २०६४, बुर्तिवाङ उपशाखा २०६८, ग्वालिचौरको खारबजार उपशाखा २०६९, पर्वतको कुस्मा शाखा २०५२, फलेवास खानीगाउँ शाखा २०६६, पाङ कुस्मा नपा शाखा २०६३, म्याग्दीको बेनी बजार शाखा २०६० र मुस्ताङको जोमसोममा शाखा सन्चालनमा रहेको ब्रकु स्मृती दिदीले जानकारी दिईन् ।

कुस्मा केन्द्र
यस बाहेक बागलुङ नगरपालिका ३ उपल्लाचौर कक्षा २०७४, राजकुत निसी पाठशाला २०६९, पर्वत जलजला माझफाँट पाठशाला २०६६, कुर्घा फलेवास पाठशाला २०७१, ढिक फलेवास पाठशाला २०६६, लामे महाशिला पाठशाला २०६९, राहाले फलेवास पाठशाला २०७१, म्याग्दी बेनी घतान पाठशाला २०६५ पाठशालाहरु सन्चालित छन् ।
बागलुङ जिल्लामा ओम शान्तिको सुत्रपात गर्ने ब्रह्मकुमारी राजयोगिनी सावित्री दिदी यस केन्द्रको प्रमुखको जिम्मेवारीमा छन् । ब्रह्मकुमारी राजयोगिनी सावित्री दिदीको अथक परिश्रमको फलस्वरुप ओम शान्ति प्रति जनभावना सकारात्मक बन्दै गएकोे छ । यसको बिस्तारमा पनि सहयोग पुगेको छ ।

बागलुङ केन्द्र अन्तरगत कार्यरत ब्रह्माकुमारीहरु ।
बागलुङ जिल्लाको गल्कोट शाखाको सन्चालिकामा ब्रकु लक्ष्मी, ग्लालिचौर खार शाखाको सन्चालिकामा ब्रकु सुनन्दा, बुर्तिवाङ शाखाको सन्चालिकामा ब्रकु मन्दिरा, कुस्मा शाखाको सन्चालिकामा ब्रकु राधिका, फलेवास शाखाको सन्चालिकामा ब्रकु जानकी, पाङ शाखाको सन्चालिकामा ब्रकु भवानी, बेनी शाखाको सन्चालिकामा ब्रकु रिना र मुस्ताङ शाखाको सन्चालकमा ब्रकु कृष्ण रहेका छन् ।

केन्द्र लगायत विभिन्न शाखा उपशाखाहरुले कृष्ण जन्माष्टमी, शिवरात्रि, जनैपूर्णिमा लगायतका पर्वहरुमा भगवानहरुको प्रतिककोरुपमा झाँकी प्रदर्शन गर्दै आएका छन । विभिन्न पर्व एवं महोत्सवहरुमा यालीमा सहभागिता जनाउदै समाजमा उच्चादर्श स्थापित गरेका छन् ।

बागलुङ केन्द्र अन्तरगत सन्चालित शाखा, उपशाखा र पाठशालाहरुमा दिनहुँ विहान र सन्ध्याकालीन समयमा हजारौँ विद्यार्थी (सहभागी) हरुले नैतिक र आध्यात्मिक शिक्षा ग्रहण गर्दै आएका छन । राजयोगव्दारा तन मनमा शान्ति एवं शारीरिकरुपमा स्वस्थ्य एवं स्फूर्ति प्राप्त गरिरहेका छन् । मनमा रहेको बिकार (कुबिचार र कुभावना)को अन्त्य गरी सकारात्मक सोँच तिर प्रबृत्त भैरहेका छन् ।

बागलुङ केन्द्रले समय समयमा ईच्छुकहरुलाई लिएर माउण्ट आबुको भ्रमण गराउने प्रचलनलाई निरन्तरता दिँदै आएको छ । यस कार्यक्रम अन्तर्गत ठुलो संख्यामा माउण्ट आबु भ्रमण गर्नेहरु ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको गतिविधी अध्ययनबाट प्रभावित बनेका छन् ।

गल्काेटकाे ओमशान्ति भवन ।
पारिवारिक, व्यवहारिक, सामाजिक दबाब र तनावबाट जब मानव चित्त बिचलित हुन्छ, अशान्त बन्छ तब उ तनाव मुक्त बनेर मनमा शान्ति प्राप्तिका लागि आध्यात्मिकतातिर प्रबृत्त हुन्छ । यसकारणपनि राजयोग केन्द्रहरुमा आध्यात्मिक एवं नैतिक शिक्षा प्राप्तिका लागि प्रतिदिन आउनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको हो ।

ओम शान्ति (ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय) व्दारा प्रतिपादित सिद्धान्त आफैमा एक धर्म नभएर विश्वमा रहेका विभिन्न धर्महरुको नयाँ ढंगले परिभाषित गर्ने माध्यम हो । विश्वका विभिन्न धर्महरुको सार तत्वलाई ग्रहण गरी त्यस्लाई मानवहित र कल्याणमा प्रयोग गर्ने एक आध्यात्मिक,नैतिक एवं शैक्षणिक संस्था हो । अँध्यारोबाट उज्यालोतिर निर्देशित गर्ने कुमार्गबाट सत्मार्ग तिर उत्प्रेरित गर्ने सद्बिचारयुक्त आस्थाको केन्द्र हो । सान्सारिक दौडधुपबाट थकित मानव, तनाव मुक्त रहेर शान्ति प्राप्तिका लागि ओमशान्ति तिर आकर्शित बनेको छ ।

बागलुङ केन्द्र अन्तर्गत ३१ जना ब्रह्मकुमारी दिदीहरु र ३ वना ब्रह्मकुमार भाईहरु कार्यरत रहेको ब्रकु स्मृती दिदीले जानकारी दिईन् ।


बडीगाड महोत्सवमा प्रमुख अतिथी मन्त्री रबिन्द्र अधिकारीलाई उपहार प्रदान गर्दै ब्रह्मकुमारीहरु ।

बागलुङ केन्द्रले बेलाबेलामा बिशिष्ट विव्दानहरुलाई आमन्त्रण गरेर आध्यात्मिक प्रवचनव्दारा विद्यार्थीहरुलाई नैतिक एवं आध्यात्मिक ज्ञानको प्रवाह गर्दै आएको छ । केन्द्र र शाखा, उपशाखा एवं पाठशालाहरुले अध्यात्मिक प्रवचन, राजयोग, मेडिटेशन कक्षा सन्चालन गरी मानवमात्रमा सकारात्मक सोँचको विकास गरी मनमा शान्ति, तनावमुक्त रहन सहयोग पुयाउदै आएका छन् । मेडिटेशनले मनमा शान्ति त मिल्छ नै यसले शारीरिक एवं मानसिक स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्दछ । त्यसैले पछिल्लो समय राजयोग केन्द्रहरुमा बढी मेडिटेशनलाई प्राथमिकता दिन थालिएको हाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *