प्रमुख अतिथी मन्त्री अधिकारीको आगमन सँगै बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको उद्घाटन कार्यक्रम सुरु

दिनेश शर्मा खारबजार, बडीगाड २०७५ मंसिर १ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको चहल पहल सुरु भएको छ । महोत्सव स्थलमा अतिथीहरु आउने क्रम सुरु भएको छ । अहिले यस क्षत्रबाट निर्वाचित सांसद देवेन्द्र पौडेल महोत्सव स्थल अवलोकन गरिहेका छन् भने केहि गाउपालिका र नगरपालिकाका नगरप्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष लगायत जनप्रतिनिधीहरु आउने सिलसिला जारी छ । जिल्लाका पत्रकारहरुको जमघट खारबजारमा रहेको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी प्रमुख एसपी दीपक रेग्मी सहितको सुरक्षा निकायका प्रमुखहरुको आगमन भैसकेको छ । केहि बेर पछी प्रमुख अतिथी पर्यटन मन्त्री रविन्द्र अधिकारी पोखरबाट हेलिकप्टरमा आउने आयोजकले जानकारी दिएका छन् । स्थानीयहरु महोत्सवको अवलोकन गरिरहेका छन्, व्यापक चहल पहल शुरु भएको छ ।

बागलुङ जिल्लाका प्रजिअ बेदप्रसाद खरेल, ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली, प्रहरी उपरीक्षक दीपक रेग्मी, बडीगाड गाउपालिकाका अध्यक्ष लगायत अन्य पदाधिकारी, आयोजक सहित विभिन्न महानुभावहरु मन्त्री ज्यूको स्वागतका लागि हेलिप्याड अगाडी प्रतिक्षामा रहेका छन् ।

अपडेट
महोत्सवका प्रमुख अतिथी पर्यटनमन्त्री रविन्द्र अधिकारी भरखरमात्र काठमाडौ बाट हेलिकप्टरबाट ग्वालिचौरको खौलारका लागी उडान भरेको जानकारी प्राप्त भएको छ ।

महोत्सवका प्रमुख अतिथी पर्यटनमन्त्री रविन्द्र अधिकारीको आगमनमा ग्वालिचौर खार बजारमा भव्य स्वागत भएको छ । महोत्सव आयोजक समिति साथै एकत्रित विशाल जनसमुहले प्रमुख अतिथी अधिकारी करतल ध्वनिका साथ स्वागत गरेका छन् । प्रमुख अतिथीबाट केहि समयमा महोत्सवको उद्घाटन हुने कार्यक्रम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *