जिल्ला प्रशासन गुल्मीको पहलमा चार अनाथ बालबालिकालाई एसओएस जिम्मा लियो !

कौरव खत्री गुल्मी वामी २०७५ मंसिर १ । गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पनाहमा श्रीमानले श्रीमतीको हत्या गरेपछि अनाथ चार बालबालिकालाई जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रवार एस.ओ.एस बालग्राम काठमाडौलाई जिम्मा लगाएकोे छ ।

मदाने गाउँपलिकाका अध्यक्ष दान बहादुर केसी र जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा अनाथ बालबालिका बर्ष ११ का विपिन नेपाली, वर्ष ९ की विपिना नेपाली, बर्ष ६का विकास नेपाली र डेढ बर्षका विक्की नेपाली गरि चार बालबालिकाहरुलाई संरक्षणका लागि एसओएस बालग्रामले उनीहरुको सम्पूर्ण लालनपालन गर्ने गरि जिम्मा दिईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बताए ।

गत कार्तिक १५ गते राति ११ बजे मदिरा सेवन गरि श्रीमतीको हत्या गर्ने दुर्गा बहादुर नेपालीका चार जना छोराछोरी छन ।

उनीहरुको पालनपोषण र संरक्षण गर्न कोहि आफन्त नभएकाले कार्तिक १५ गते देखी ती बालबालिकाहरुलाई मदाने गाँउपालिकाका अध्यक्ष दान बहादुर केसीको पहलमा जिल्ला प्रशासन कार्यालयले पालनपोषण र संरक्षण दिँदै आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *