आजको तस्वीर : रातमा पनि धपक्कै बल्यो बडीगाड !

शव्द/चित्र : दिनेश शर्मा

बडीगाड (बागलुङ) २०७५ कात्तिक ३० । भोलि समुद्घाटन गरिने बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ को पूर्व सन्ध्यामा बडीगाड क्षेत्र धपक्कै बलेको छ । बडीगाड गाउपालिकाको खर्वाङ बजार, खार बजार, खाल बजार तथा भीङगिठे बजारमा साँझ देखी नै दीप प्रज्वलन गरिएको छ । जतातगै प्रकाशमय बनेकाले सन्ध्याकालीन दृश्य अति राम्रो उज्यालो देखिएको छ ।

प्रमुख अतिथी पर्यटन मन्त्री रविन्द्र अधिकारी पोखरा आईपुगेको अवस्था छ भने भोलि दिउँसो १ बजे हेलिकप्टरबाट खारबजार आईपुग्न राष्टपति कार्यालयका उपसचिव हिरामणि आचार्यले जानकारी दिएका छन् ।

महोत्सवको समुद्घाटनका अवसरमा नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, पूर्व मन्त्रीपरिषदका अध्यक्षका प्रेस सल्लाहकार बिमल गौतम, युवा नेता जीत शेरचन सहितको टोली पनि भोलिनै आउने कार्यक्रम रहेको छ ।

यता बडीगाड गाउपालिकाका अध्यक्ष मेहरर्सिह पाइजाको उपस्थितिमा बडिगाड गाउपालिका ७ भिमगिठेमा वडाध्यक्ष्य कृष्ण गुरुङ गाउपालिकाका प्रशासकीय अधिकृत प्रदीप चन्द सुवेदी गाउपालिकाका अन्य कर्मचारीहरु, स्थानिय जनप्रतिनिधि लगाएत स्थानियको व्यापक उपस्थिती मा ७ ओटा मैनबत्ती बालेर दिप प्रज्ज्वलन गरिएको छ भने सबै वडाका वडाकार्यलयहरुमा एकसाथ दीप प्रज्जवलन गरिएको अध्यक्ष पाइजाले ईबागलुङलाइ बताए । दीप प्रज्वलन गर्दा बडीगाड रातमा पनि चम्किएको अनुभूति भएको भन्दै स्थानियहरुले खुसी ब्यक्त गरिरहेका छन ।

उता प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाइ हामीले सम्पर्क गर्दा उनको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समिती जसमा नेपाल प्रहरीका जिल्ला प्रहरी कार्यलयका प्रमुख एस पि दिपक रेग्मी, अनुसन्धान जिल्ला शाखा,नेपाली सेना,शसस्त्र प्रहरी बल बाग्लुङका प्रमुखहरु लगाएतको टोली बडीगाड अाउने तयारीमा रहेको जानकारी गराए।

जिल्ला प्रहरी कार्यलय बाग्लुङ का प्रमुख एस पि दिपक रेग्मीले पनि सुरक्षा सम्बन्धी हाम्रो एक जिज्ञासामा सबै तवरबाट भोलिको कार्यक्रमको सुरक्षा अवस्था चुस्त पारिएको बताए । त्यसैगरी इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश यादबले पनि आफै खटिएर बडीगाडलाई नियालिरहेको र आजै मात्र पनि त्यस्तर्फ गएर फर्किएको बताउदै आवश्यक प्रहरी खटाइसकेको र तम्तयारी अवस्थामा प्रहरीहरु राखिएको बताउदै कुनै खालको सुरक्षा समस्या नरहेको स्पष्ट पारे।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *