निसीभुजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पस बनाउन धार्मिक तथा शैक्षिक महोत्सव गरिने !

बुर्तिवाङ २०७५ कात्तिक ३० । बुर्तिबाङमा स्थित निसीभुजी जनता क्याम्पसले आगामि मँसिर १५ गतेदेखि २२ गतेसम्म सञ्चालन लागेको “बागलुङ ढोरपाटन धार्मिक तथा शैक्षिक महोत्सब” २०७५ को तयारी स्वरुप आज आम भेला सम्पन्न भएको छ । भेलाले महोत्सवको मूल समारोह समित समेत गठन गरेको छ ।

निसीभुजी जनता क्यामपसलाई पश्चिम बागलुङकै एकमात्र सुविधा सम्पन्न स्मार्ट क्याम्पस सञ्चालनार्थ राष्ट्र शान्ति अभियानको मुख्य सहकार्यमा महोत्सव सञ्चालन हुने भएसंगै महोत्सबलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका निम्ती भेलाबाट मुल समारोह समिती एवम विभिन्न उपसमितीहरु गठन गरिएको छ । क्याम्पसका पुर्व अध्यक्ष एवम् शिक्षाप्रेमी धीरप्रताप सिँह निर्देशक र विभिन्न प्रतिष्ठित सामाजिक एवं शैक्षिक व्यक्तित्वहरु रहने गरी उक्त समिती गठन गरीएको हो ।

समितीको सह निर्दशकमा क्याम्पसका पुर्व व्यवस्थापन समिती अध्यक्ष एवम समाजसेवी तुल्सिराम अर्याल कार्यकारी पद तथा अध्यक्षमा क्याम्पस व्यवस्थापन समिती अध्यक्ष चन्द्रलाल अर्याल, सह उपाध्यक्ष टँकप्रसाद पौडेल, अति बरिष्ठ उपाध्यक्षमा चुडाबहादुर कुवँर, बरिष्ठ उपाध्यक्षमा यसक्षेत्रमा कृयाशिल ८ राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, रहने गरी समिती गठन गरिएको छ ।

त्यस्तै समितीको उपाध्यक्षमा २५ सदस्य रहने गरी ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिकाका वडा अध्यक्षहरु राखिएको छ ।

समितीको महासचिवमा क्याम्पस प्रमुख कृष्णकान्त आचार्य, प्रध्यापक संघका अध्यक्ष लोकेन्द्र सुनार, उत्तम बहादुर महत,, रामनारायण सुवेदी र गोपाल महत रहेका छन् भने उपमहासचिव तर्फ लाल बहादुर घर्ति, वान बहादुर छन्त्याल रहेका छन् । उपमहासचिव तर्फ क्याम्पसका प्रध्यापक भूमिराज महत रहेका छन । समितीको सचिव पदमा बुर्तिबाङ आसपासका निजी तथा सामुदायिक विद्यालयका प्रमुख तथा स्थानिय गरी ८ जना सदस्य रहने गरी समिती गठन गरीएको छ ।जसअन्र्तगत ईश्वरी प्रसाद पौडेल, सिवलाल सुवेदी, कमल भूसाल, दिपक कुवँर, देव बिक, मनकुमारी गैरे, पुरन पाण्डे, सन्तोष भण्डारी रहनुहुने भएको छ ।

त्यस्तै सहसचिवमा बुर्तिबाङमा रहेका महिलाहरु मध्य दुर्गादेवी घर्ति, सीता कँडेल, धनसरी कँडेल, माया भण्डारी, कमला अर्याल, नविना कँडेल, उर्मिला कुवँर, खिमकुमारी शेरचन, अश्मिता कुवँर, गिता कुमारी शर्मा रहेका छन् । उपसचिबमा क्याम्पसका सबैजना प्रध्यापकहरु राखिएको छ ।

समितीको कोषाध्यक्षमा हर्कबहादुर गुरुङ, सहकोषाध्यक्ष ज्ञानप्रसाद कँडेल, गौमती कुमाल रहेका छन् । सँस्थाबाट लेखापाल समिक्षा कुवँर, उपकोषाध्यक्षमा हीरालाल खनाल, कुमारी पुन, रहेका छन् । त्यस्तै भेलाले २५ सय १ सदस्यीय मुल समारोह समिती पुर्याउने गरी अगाडी बद्ने निर्णय गरेको छ ।

त्यसैगरी मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियोा परिवर्तन, सामुदायिक रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङ रहने भएका छन् । सँरक्षक मण्डलमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, प्रदेश र केन्द्र तहका साँसद, स्थानिय तह प्रमुख, उपप्रमुख, सम्मोन्य समिती, प्रशाशन, जिल्ला शिक्षा अधिकारी लगाएत रहनुहुने छ । महोत्सव सञ्चालन सल्लाहकार समित्ीमा श्रोत व्याक्ति, बिधालयका प्रअ,पुर्व क्याम्पस प्रमुख, जग्गादाता, शिक्षा मन्त्री, क्याम्पसका पूर्व अध्यक्ष रहेका छन् ।

वि.सं. २०४८ सालमा स्थापना भएको क्याम्पस शिक्षा प्रेमी व्यक्तिहरुकै सहयोगका कारण आफनै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेपनी आर्थिक समस्याका कारण आवस्यक शैक्षिण तथा भौतिक गुणस्तरमा बृद्धि हुन नसकिरहेको अवस्थालाई मध्यनजर राख्दै उक्त क्याम्पसलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पस संचालन गर्नका लागि महोत्सबको आयोजना गरीएको क्याम्पस संचालन समिती अध्यक्ष चद्रलाल अर्यालले बताए ।

सप्ताहव्यापी रुपमा चल्ने उक्त महोत्सबको आवश्यक सबै तयारीलाई अगाडी बढाईएको र आफुहरुले समेत आफनो तर्फदेखि आन्तरीक तयारी पुरा गरीएको राष्ट्र शान्ति अभियान सँस्थाका ईश्वर योगी शरणले बताए । महोत्सब उत्तरगँगा माविको खेलकुद प्राङगणमा हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *