जनताकै करबाट संकलित बजेटलाई सहि तरीकाले सदुपयोग गर्न नगरप्रमुख नेपालीको आग्रह !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ कात्तिक ३० । ढोरपाटन नगरपालिकाको वडा नम्बर ८मा आर्थिक वर्ष २०७५/७६ को विनियोजित बजेट सम्बन्धमा जानकारी तथा स्थानियहरु संग अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाले हिजो देखी प्रत्येक वडाहरुमा छुट्याईएको बजेट तथा स्थानियहरुको राय अनुरुप विभिन्न योजनाहरुको समिति गठन कार्य सुरु गरेको हो । आ व २०७४/७५ मा विभिन्न शीर्षकहरुमा रकम निकासा गरिए पनि योजना अनुरुपको काम र पारदर्शीता नभएको पाईएकाले यो वर्षबाट प्रत्यक्ष रुपमा प्रत्येक वडामा वडाबासीहरुको बिचमा नगरपालिकाका प्रमुख,उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्ष, लेखा अधिकृत, पत्रकार लगायतको उपस्थितिमा उक्त वडामा परेका बिभिन्न योजनाको बारेमा जानकारी सहित उक्त योजना सम्पन्न पार्नको निम्ति त्यहिका स्थानिय लाभान्वित हुने गरी विभिन्न समिति गठन कार्यको थालनी गरिएको हो ।

कार्यक्रकका प्रमुख अतिथी नगरप्रमुख देब कुमार नेपालीले स्थानिय जनताहरुसगं बसेर सुनासो तथा योजनाहरुको बारेमा छलफल गर्न पाउदा खुशी लागेको बताउदै जनताकै करबाट संकलित बजेटलाई सहि तरीकाले सदुपयोग गर्न आग्रह गरेका थिए । जनता र जनप्रतिनिधिको सहकार्यबाट नै हरेक काममा पारर्दिशता रहने भएकाले आफ्नो ठाउँको बिकासको निम्ति त्यहिका जनताहरु एक जुट भई दलिय स्वार्थ भन्दा माथी रहेर लाग्नु पर्ने उनको भनाई थियो ।

स्थानियहरुले प्रत्येक्ष रुपमा नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्षसगं आफ्ना गुनासा राख्न पाउदाँ निकै हर्षित भएको बताए । आफ्नो ठाउँमा रहेका समस्या यो आ व नपरेका पनि अर्को आ व मा पुरा गर्ने बाचा सहित नेपालीले स्थानियको गुनासो सकंलन समेत गरेका थिए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले कार्यक्रममा बोल्दै अबको समयमा आफ्नो ठाउँको बिकास गर्ने अवशर आफ्नै ठाउँमा रहेकाले अरु भन्दा पनि योजना अनुरुपको काम गरेर देखाउनु पर्ने बताउदै आ व २०७५–७६ मा ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ मा रु ७३ लाख ७२ हजारको २४ ओटा विभिन्न योजनाहरु पढेर सुनाएका थिए ।

वडा नम्बर ८ का वडा अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख करमती पुन, ने क पा का केशर छन्त्याल, लेखा अधिकृत अमृत पौडेल, इन्जिनियर नारायण पौडेल, वडा नम्बर वडा नम्बर ८ का अध्यक्ष नन्दे सुनार , वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्ति मगर, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब थम घर्ति मगरले गरेका थिए । पर्सि आईतबार वडा नम्बर ७ मा पनि सोही अनुुुसारको कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *