बाउबा संघको चुनावी सरगर्मी : अध्यक्षमा राजभण्डारी र पौडेलको चर्चा !

बागलुङ २०७५ कात्तिक ३० । बागलुङ उद्योग वाणिज्य संघको चुनावको सरगर्मी सुरु भएको छ । आउदो मंसिर १४ गते उमेदवारहरुले दरखास्त दिने र मंसिर २२ गते मतादानको मिति तय गरिएको छ । अधिबेशनको भने मंसिरु २१ गते उद्घाटन गने कार्यक्रम रहेको श्रोतले बतायो ।

अध्यक्ष पदमा संघका प्रथम उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेलको नाम चर्चामा छ । राजभण्डारीलाई प्रजातान्त्रिक धार र पौडेललाई बामपन्थी धारको रुपमा विश्लेषण गरिएको छ । अन्य पदहरुका लागी दुबै पक्षले कुनै नाम प्रकाशमा ल्याएका छैनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *