नवबुद्ध अन्लाईनव्दारा व्लड क्यान्सर पीडित वालकलाई १ लाख ८० हजार सहयोग !

निर्मल पौडेल पर्वत २०७५ कात्तिक ३०। नव बुद्ध अनलाइनले पर्वतका एक क्यान्सर पीडितलाई १ लाख ८० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । अर्जुन गौतम बचाउ अभियान संचालनबाट संकलित रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।

यस अन्लाइनको अगुवाइमा वैदेशिक रोजगारीमा गएका केहि मनकारी पर्वतेहरुले संकलन गरेको आर्थिक रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीले क्यान्सर पीडित गौतम र उनको परिवारलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद गिरीले अनलाइनले गरेको कामको प्रशंसा गरे । उनले आफूले पनि क्यान्सर पीडित गौतमको उपचारको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । आर्थिक अवस्था निकै दयनिय भएका गौतम परिवारले सक्दो सहयोग गरेर वालकको जीवन रक्षा गरिदिन सवै संग आग्रह गरेका छन् ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्य, विभिन्न संचारमाध्यमको सहभागीता रहेको थियो ।

नव बुद्ध अनलाइन संचालक अनिरुद्र शर्माको अध्यक्षता पत्रकार गोविन्द अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अन्लाइनका कार्यकारी सम्पादक राजबाबु पिसीले गरेका थिए ।

अनलाइनले पर्वत जिल्लामा आफ्नो कार्यालय समेत स्थापना गरेको छ । अनलाइन मिडियाको माध्यमबाट आफूहरुले सूचना प्रवाह गर्ने उद्देश्यका साथ अनलाइन र अनलाइन नव बुद्ध टिभी चलाउने तयारी गरेको अन्लाइनका अध्यक्ष अनिरुद्र शर्माको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *