उज्यालो हरिचौर अभियानको पहिलो चरणको काम सञ्चालन, सडकमा लाईटको व्यवस्था !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक २९ । तिहारको अबसरमा उज्यालो हरिचौर अभियान सञ्चालन गरेका गल्कोट नगरपालिका बडा नम्बर ५ हरिचौरका युबाहरुको सक्रियतामा उज्यालो हरिचौर अभियानको पहिलो चरणको काम सञ्चालन भएको छ ।

सुन्दर बजार, उज्यालो बजार भन्ने लक्ष्यलाई ब्यबस्थीत गरि पुरा गर्ने योजनामा जुटेका हरिचौरका युवाहरुले आज गल्कोट नगर्पालिका बडा नम्बर ५ को जेकुटे सम्म सडकमा लाईटको ब्यबस्था गरेका छन् ।

हरिचौर बजार तथा बडा कार्यालयलाई उज्यालो बनाउन सोलार बत्ति तथा एलईडि बल्बको जडान गर्ने, बजार क्षेत्रमा सुरक्षा ब्यबस्थालाई ब्यबस्थीत बनाउन सिसिटिभिको जडान गर्ने, सरसफाई गरी सुन्दर बाजार निर्माण गर्नको लागी उज्यालो हरिचौर अभियान सञ्चालन गरिएको अभियान अन्तरगत पहिलो चरणमा हरिचौर बजार तथा तल्लो बजारमा बिद्युतबाट बल्ब जडान गर्ने काम सम्पन्न भएको अभियानका सदस्य ईलशन थापाले जनाकारी दिए ।

बजारमा लाईट जडान गरि उज्यालो हुन थालेपछि साच्चिकै सुरक्षित महसूुस भएको स्थानिय भिम कुमारी शेरचनले बताईन । पहिले अध्यारोमा यात्रा गर्दा कतै लडिन्छकी, कसैले तर्साउने होकी, कसैले कुटपिट गर्छ कि भन्ने डर लाग्थ्यो अहिले त सबै तिर उज्यालो छ, उज्यालो हरिचौर अभियानले उज्यालो बनाएकोमा खुसी छु उनले भनिन् ।

त्यस्तै भैली खेलेर समाज सकारात्मक परिर्वतनमा महत्वपुर्ण काम गरेकामा अभियानका युबा प्रति धन्यबाद दिदै स्थानिय देकबहादुर सुबेदीले दिगो ब्यबस्थापन हुने गरि काम भएमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उज्यालो हरिचौर अभियानमा सोलार लाईटको ब्यबस्थापन गर्ने गरि काम सञ्चालन केही दिनमा हुने र त्यसको ब्यबस्थापनको लागी स्थानिय निकाय, प्देश तथा केन्दमा रहेका सरोकारवालाहर संग छलफल सञ्चालन भएको अभियानका सयोजक मिलन केसीले बताए । केसीका अनुसार अभियानले गल्कोटको समृद्धिकोलागी समेत महत्वपुर्ण सहयोग गरेको छ । उज्यालो हरिचौर अभियानमा करिब ४ लाख रुपैया संकलन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *