यस्तो छ, बागलुङमा आजको नेपाल बन्दको प्रभाव !

बागलुङ २०७३ फागुन २८ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार र दक्षिण क्षेत्रको व्यापारिक केन्द्र कुस्मीसेरा बजारका पसलहरु शनिवार बन्द रहने र शनिवार सार्वजनिक बिदा भएकोले शिक्षण संस्था लगायत सरकारी कार्यालयहरु बन्द रहने हुँदा आजको नेकपा माओवादी (विप्लव)को नेपाल बन्दलाई सहयोग पुगेको छ ।

गल्कोटको हटिया र बुर्तिवाङ बजार बन्द रहेका छन् । सदरमुकाम, बुर्तिवाङ, गल्कोट हटिया बाट छुट्ने लामो र छोटो दुरीका सवारी साधनहरु सन्चालनमा रहेका छैनन् । खर्बाङ बजार भने खुलेको छ । खर्वाङबाट ग्रामिण भागहरुमा आवत जावत गर्ने सवारी साधनहरु सन्चालनमा रहेका छन् । बन्दका कारण कुनै अप्रिय घटना भएको जानकारीमा आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *