पूर्व शिक्षक सुबेदी व्दारा नवयुवकका बिद्याथीलाई शैक्षिक सामाग्री बितरण !

घनश्याम गाौतम, गल्कोट २०७५ कात्तिक २९ । नवयुवक आधारभुत बिद्यालयका पूर्व शिक्षक बिकास सुबेदीले आज एक ११ जना बिद्याथीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् । गल्कोट नगरपालिका वडा नं २ ठानमा रहेको नबयुवक आधारभुत बिद्यालयमा आज अतिरिक्त क्रियाकलाप तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

बिद्यालयकका पूर्व शिक्षक सुबेदीले गरीव तथा जेहेन्दार विद्यार्थीहरु दिपेन्द्र क्षेत्री , विवेक गैरे, शोभा गैरे , सम्झना सुनार , विमल नेपाली , मोहन वि.क., जीवन घर्ती , अन्जु नेपाली ,पुजा वि.क., मिलन सुनार र अनिल सुनारलाई शैक्षिक सामग्री वितरण गरेका थिए । सोही अवसरमा बिद्यार्थीको खेलकुद पक्षको बिकासको लागी विद्यालयलाई एक थान भलिबल पनि प्रदान गरेको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षक सुवेदीले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न र शैक्षिक बातावरण निर्माणको लागी आफुले जहाँ रहेपनि सक्दो सहयो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक सुबेदीलाई विद्यालयका प्रधानाध्यापक विना थापा मगर , विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष पदमपानी गैरे लगाएतले मायाको चीनो प्रदान गरि बिदाई समेत गरेका थिए ।

यसैबिच विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रममा सक्रिय बनाउने उद्देश्यले सन्चालन गरिएको एकल नृत्य प्रतियोगितामा आल्मुनियम सदनकी सङ्गीता वि.क प्रथम रेडियम सदनका दीपेन्द्र क्षेत्री व्दित्तिय र युरेनीयम सदनकी प्रशंसा सुनार तृतीय भएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष पदमपानी गैरेको अध्यक्षता शिक्षक डिलाराम कंडेलको स्वागत तथा शिक्षक युवराज गौतमको संचालनमा सम्पन्न भएको शिक्षक युवराज गैरेले जानकारी दिए ।

छुट्टिी मनाउन नेपालमा आएका सुेबदीले उक्त बिद्यालयमा बिज्ञान शिक्षकको रुपमा ३ बर्ष अध्यापन गरेका थिए । गल्कोट नगरपालिका बडा नम्बर ४ निबासी सुबेदी हाल रोजगारिको शिलशिलामा पोर्चुगलमा छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *