गाउँपालिकाको सहयोगले मगर भाषा कक्षा चल्दै, एक वर्षमा प्रशिक्षक तयार हुने !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ कात्तिक २९ । बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित मगर भाषा कक्षा सञ्चालनको ६ महिना पुरा भएको छ । बडीगाड गाउँपालिकामा झण्डै ५१ प्रतिशत मगर जातिको वसोवास भएपनि मगर भाषा लोप भएको भन्दै गाउँपालिकाले नै रु २५ लाख बजेट विनियोजन गरेर भाषा कक्षा संचालन गरेर मगर भाषा संरक्षणमा सहयोग गरेको हो ।

गाउँपालिकाका भित्रका २५ जना सहभागीलाई एक वर्ष सम्म तालिम संचालन गरि गाउँ गाउँमा भाषा कक्षा संचालन गरिने गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

बडीगाड क्षेत्रमा १८ औं शताब्दी सम्म मगर भाषा वोलिए पनि वाइसे, चौविसे राज्य संगै मगर भाषा लोप भएको विश्वास गरिएको छ ।

हाल भाषा कक्षाको लागि तनहुँका मगर भाषा प्रशिक्षक आस वहादुर थापाले सो कक्षामा सहजिकरण गरिरहेका छन् । सहभागीलाई मासिक ८ हजार भत्ता सहित तालिम दिइएको र तालिम पश्चात तिनै प्रशिक्षार्थीलाई प्रशिक्षकको रुपमा विकास गरि भाषा कक्षा संचालन गर्ने योजना गाउँपालिकाले वनाएको छ। गाउँपालिकाले भाषा संगै संस्कृति संरक्षणमा पनि जोड दिँदै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. Suresh Magar

    आउनुहोस मगर सभ्यता र संस्कृतिको बारेमा छलफल चलाऔं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *