Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्ग, मनेवापाटाको पहिरो हटाउन अझ केहि दिन लाग्ने !

खर्बाङ, २०७३ फागुन २८ । रिघा मनेवापाटाको सुख्खा पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सन्चालनमा हिँजोको वर्षाले थप समस्या सिर्जना गरेको छ । पहिरो हिलोमा परिणत भएपछी मरम्मत कार्यमा समस्या आएको सरोकारवालाले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग भएर पूर्व पश्चिम गर्ने ठुला सवारी (बस) साधनहरु पहिरो वारीको वारी र पारीको पारीनै रोकिएर यात्रुहरु करीब १० मिनेट हिँडेर पहिरो पार गरेपछी अर्को सवारी साधन चढेर गन्तव्यमा गैरहेका छन् भने साना हलुका सवारी साधनहरु खर्बाङबाट वामी टक्सार, आगोपार्ने, अर्लाङकोट, काँडेवास हुँदै हटिया हुँदै गन्तव्यमा जाने आउने गरेको सहकर्मी कमल पौडेलले बताए ।

पहिरो पन्छाएर यातायात सन्चालन गर्न अभैm केहि दिन लाग्ने सहकर्मी पौडेलको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply