बडीगाड महोत्सवको तयारी तीब्र, महोत्सवस्थलमा स्टलहरु निर्माण, मोटरसाईकल -याली सम्पन्न !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ कात्तिक २९ । प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ को तयारी तिब्र भएको छ। कला संस्कृति कृषि र पर्यटन समृद्ध बडीगाडको आधार, प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला नमुना बडीगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म हुने महोत्सवको लागि स्टल निर्माण, मञ्च निर्माण, पिङ, बाल उद्यान निर्माण भैरहेको छ।

कार्यक्रममा प्रदर्शन गरिने भिर मौरी र मह, स्लेट ढुंगा, तयारी गरिसकिएको छ, साँस्कृतिक झाँकी तथा अन्य प्रदर्शन गर्ने वस्तु तथा सामाग्रिको तयारी गरिएको छ। त्यस्तै कार्यक्रमको पूर्व सन्ध्यामा विहिवार अर्थात आज मोटरसाइकल र्याली समेत गरिएको छ।

कार्यक्रम स्थल खार वजार देखि बडीगाड गाउँपालिकाका विभिन्न क्षेत्र हुँदै गल्कोटको केहि क्षेत्र तथा मुसिकोट नगरपालिका वामीटक्सार सम्म सो मोटरसाइकल र्याली गरिएको हो। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, बागलुङ जिल्लाका सांसदहरु, स्थानिय तहका प्रमुखहरु, राष्ट्रिय कलाकार वोम वहादुर कार्की लगाएतको सहभागिता हुने आयोजकले जनाएको छ।

महोत्सवमा बडीगाड खोलाको असला माछा, रणसिंहकिटेनीको भिरमौरीको मह, कुमाल जातीको हेम्फै नाच, पौंदीवासीको न्वागी विशेष हुने भएको छ। त्यस्तै सिसाखानीको घाटु तथा हनुमान नाँच, दगातुन्डाडा, घ्वाँग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडीगाडका नौमती बाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडीवुटी, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडीगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्। महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्। बडीगाड गाउँपालिका तथा पौंदी क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो।

कार्यक्रमको मंसिर ९ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *