स्व शिक्षक भीमलाल भुसालको सातौँ दिनको पुण्य तिथीमा भावभीनी श्रद्धान्जली अर्पण !

दिनेश शर्मा, बडीगाड २०७५ कात्तिक २९ । समाजसेवी तथा शिक्षक भिमलाल भुषालको स्वर्गारोहणको ७ औ दिनको पुण्य तिथिको अवसरमा आज जन्मस्थान बडीगाड २ सक्न्यारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरि स्वर्गीय भुसाल प्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)नेपाल राष्ट्रिय शिक्षक सङ्गठन,एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ,जनसास्कृतिक महासङ्घ बडीगाडको संयुक्त आयोजनामा भएको उक्त श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी –नेकपा)का बडीगाड सम्यन्त्र सदस्य तिर्थमणि भुषालको अध्यक्षता ,गाउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता नेकपाका नेताहरू प्रेम खरेल, सुनिल शेरचन, ढालेन्द्र शेरचन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेल,पारिवारिक अभिभावक डालेश्वर भुषाल लगाएतको समुपस्थिती रहेको कार्यक्रममा शिक्षकहरु कृष्ण भट्टराई ,होमनाथ अर्याल, बेद प्रसाद पोखरेल ,नेत्र गौतम,समाजसेवी तथा राजनैतिक कर्मीहरु बिष्णु के सी,कमलराज आचार्य ,हितमान शेरचन, जनसास्कृतिक महासङ्घ प्रतिनिधि खगिश्वर अर्याल, वडासदस्य सुर्य बहादुर अधिकारी ,समाजसेवी बेल बहादुर सलामी, मेघनाथ खरेल पत्रकार दिनेश शर्मा लगाएतको आतिथ्यता रहेको कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक ,बिद्यार्थीहरु, राजनैतिक कर्मी, समाजसेवी र स्थानीय बासीहरुको व्यापक उपस्थिती रहेको थियो।

उक्त श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथी तथा बक्ताहरुले स्व भुषाल अत्यन्तै प्रभाबशाली तथा बहुप्रतिभाशाली ब्यक्तित्वका धनी रहेको स्मरण गर्दै भुषालको उच्च प्रशंसा गर्दै उनको सपना पूरा गर्नतर्फ लाग्न सम्पुर्णमा अनुरोध गर्दै भुषालको निधनले शैक्षिक, राजनैतिक र कला क्षेत्र लगाएत सिङ्गो बागलुङलाई अतुलनीय क्षति पुगेको भन्दै उच्च प्रशंसा गर्दै गहिरो शोक ब्यक्त गरेका थिए ।

बक्ताहरुले उनको बखान गर्दा कार्यक्रम निकै शोकमय बनेको थियो भने सहभागी धेरैका आँखा रसाएका थिए। भुषालको काठमाडौमा तिहारको दिन निधन भएको थियो। श्रद्धाञ्जली सभाको शिक्षक तथा पत्रकार कमल पौडेलको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *