आजको तस्वीर : बाटाकाचौर घुम्ती शिविरमा सेवाग्राहीको भीड !

शव्द/चित्र : अर्जुन ढकाल

बागलुङ २०७५ कात्तिक २९ । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा बरेङ गाउँपलिका ३ (साबिक बाटाकाचौर गाविस) आन घुम्ती सेवा शिविर सुरु भएको छ । आज शिविर सन्चालन हुने भएपछी सेवाग्राहीहरुको भीड लागेको छ ।

शिविरमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अपांगता भएकी शान्ति पौडेललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए । सोहि अवसरमा बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अर्का सेवाग्राही रोशन शर्मालाई नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यसै गरी उपप्रमुख विष्णु कुमारी पुनले पनि सेवाग्राहीलाई नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेकी छन् ।

गाउपालिका अध्यक्ष शर्माले अहिले सम्म ५० जनालाई नागरिकताको प्रमाण पत्र वितरण भैसकेको भएपनि सेवाग्रहीको संख्या भने अझै ४ सय भन्दा बढी भएको जानकारी दिए ।

घुम्ती सेवा शिविरमा सेवाग्राहीहरुको निकै बाक्लो भीड हुनाले शिविरमा खटिएका कर्मचारीहरुलाई भ्याई नभ्याई छ । शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र तथा मतदाता नामावली (फोटो सहित) को संकलन कार्य भैरहेको छ ।

सो अवसरमा प्रजिअ खरेलले गाउपालिका अध्यक्ष शर्मा, उपाध्यक्ष पुन, वडासदस्यहरु तथा सर्वोदय क्याम्पसका प्रिन्सिपल फुलकुमारी शर्मालाई खादा फुलमालाले स्वागत गरेका थिए ।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र तथा मतदाता नामावली (फोटो सहित) को संकलन कार्य भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *