सुगम भन्दा दुर्गमका जनता स्वास्थ्य सेवाको पहुँचमा पुगेको बरिष्ठ प्रशासक तिवारीको दावी !

बागलुङ, २०७५ कात्तिक २८ । आम सर्वसाधारणको प्रत्यक्ष सरोकारको विषय स्वास्थ्य क्षेत्रको महत्व बुझनुपर्नेमा बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन । स्वास्थ्य कार्यालय बागलुङले दुई दिन सम्म संचालन गरेको गत आवको बार्षिक समिक्षा कार्यक्रममा सो कुरा बताएका हुन । जिल्लाका सवै स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संघियता लागु भए सँगै स्वास्थ्य क्षेत्रको महत्व घटदै गएको हो कि भन्नेमा चिन्ता व्यक्त गरेका थिए ।

पछिल्लो समयमा गाउँ गाउँमा स्वास्थ्य सेवा पहुँच पु¥याउनका लागी सरकारले विभिन्न कार्यक्रम ल्याईरहेको बेला स्थानिय तहले स्वास्थ्यमा भन्दा सडक पुर्वाधार विकासमा धेरै जोड दिएको भन्ने टिप्पणी आईरहेको हुनाले आगामी दिनमा सडकको साथमा शिक्षा र स्वास्थ्यलाई पनि सँग सँगै लानुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले स्वास्थ्य क्षेत्रकोे विकासका निम्ती देशका तिन वटै तहले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले दुर्गमका जनतालाई स्वास्थ्यको पहुँच पु¥याउनका लागी सवै तहबाट आवश्यक सहयोगको आवश्यक रहेको उनको भनाई थियो । ढुंगानाले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागी जनप्रतिनिधि र कर्मचारी दुवैको उत्तिकै दायित्व हुने भन्दै बार्षिक समिक्षा कार्यक्रमले आगामी दिनको मार्ग दिशा कोर्न मद्दत गरेको बताए ।

बागलुङमा अघिल्लो बर्षको तुलनामा अधिकाशं सूचकहरुमा प्रगति भएको समिक्षामा प्रस्तुत गरिएको प्रतिवेदनले देखाएको छ । विशेष गरी जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका तमानखोला,र निसीखोला गाउँपालिकामा हरेक सुचकमा उल्लेखनीय प्रगती भएको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए । जिल्लाको समग्र प्रतिवेदन हेर्दा सुगम भन्दा दुर्गमका जनता स्वास्थ्य सेवाको पहुँचमा पुगेको देखिन्छ तिवारीले भने, अघिल्लो बर्षको तुलनामा यस वर्ष खोप र परिवार स्वास्थ्यमा उल्लेखनीय प्रगती भएको छ ।’

जिल्लामा ४६ वटा बर्थिङ सेन्टरबाट सुरक्षित सुत्केरी सेवा प्रदान गरिएको छ । सवै गर्भवती महिलाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी सेवा लिउने भन्ने उद्देश्यले आगामी दिनमा पनि स्थानिय तहले आफ्नो आवश्यकता अनुसार बर्थिङ सेन्टर थप गर्न सक्ने छ । जिल्लालाई आगामी दिनमा शत प्रतिशत संस्थागत सुत्केरी सेवा लिने जिल्लाको रुपमा घोषणा गर्ने उद्देश्य रहेको हुनाले हरेक क्षेत्रमा बर्थिङ सेन्टरको पहुँच पु¥याउन आवश्यक रहेको बताईएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहमा स्वास्थ्य संस्थाको पायक नपर्ने स्थानमा सामुदायिक स्वास्थ्य संस्था र सहरी स्वास्थ्य क्लिनिक संचालनमा ल्याईएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटले बताए । जिल्लामा १४ सामुदायिक स्वास्थ्य ईकाई र ४ सहरी स्वास्थ्य क्लिनिक संचालनमा आएका छन । यी संस्थाबाट पनि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएको छ ।

दुई दिन सम्म संचालन गरिएको समिक्षा कार्यक्रमबाट गत वर्षमा भएका गतिविधिको प्रगति विवरण सार्वजनिक र आगामी वर्षको कार्ययोजना समेत निर्धारण गरिएको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतम, स्वास्थ्य निर्देशनालय पोखराका तथ्याङ्क अधिकृत टिकाराम शर्मा, क्षयकुष्ठ सुपरभाईजर लक्ष्मण बस्यौला, बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पदम पून लगायतले बोलेका थिए । समीक्षामा जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील मेडिक मोबाईल, सु–आहारा, फेयरमेड स्वास्थ्यबिमा लगायतका संस्थाले पनि आफ्नो बार्षिक गतिविधि प्रस्तुत गरेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख तिवारीको अध्यक्षता सूचना अधिकारी सापकोटको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *