गल्कोटकी क्यान्सर रोग पीडित हुमाकली बस्नेतको उपचारमा सहयोग गर्न अपील !

गुुमानसिँह भण्डारी गल्कोट २०७५ कात्तिक २८ । गल्कोट नगरपालिका वाड नम्बर ६ कायसकी हुमाकली बस्नेत ब्लडक्यासरका कारण पीडित बनेकी छन् । बस्नेतको दीनानाथ मेमोरियल अस्पताल महाराजगन्ज महाराष्ट्र पुना भारतमा उपचार भईरहेको छ ।

नर्मल रोगको लक्षण देखिए सँगै लामो समयको उपचार पछि रिपोर्टमा ब्यलडक्यान्सर देखिएपछि पीडित बस्नेतको उपचारका लागी हालसम्म लाखौ खर्च भईसकेको उनका नातेदार चित्र बहादुर बुढाथोकीले बताए । बस्नेतको उपचारका लागी आवश्यक खर्च गल्कोट नगरपालिका वाड नम्बर ६ बाट जापानमा बिभिन्न पेसा, ब्यवसाय, अध्ययनका शिलसिलामा पुगेकाहरुबाट संकलन भएको हिरा बहादुर बस्नेतले बताए । हालसम्म ८ लाख संकलन भएको र उनको उपचारका लागी करिब २० लाख खर्च लाग्ने अस्पतालले जनाएको बस्नेतका श्रीमान सुर्य बहादुर बस्नेतले बताए । जापानमा मात्रै संकलन गरिएको रकमले उपचार खर्च नपुग्ने भन्दै परिवारले अन्य स्वदेश तथा बिदेशमा भएका गल्कोटे लगायत अन्य ब्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *