बागलुङका घम कोरियामा आइटिएफ आउट स्ट्यान्डिङ इन्सट्रक्टर मेडल द्वारा सम्मानित

टिकाराम भट्टराई,बुर्तिबाङ २०७५ कात्तिक २८ । जनगणतान्त्रिक कोरियामा यही नोभेम्बर ९ देखी १३ तारिख सम्म सप्पन्न भएको तेक्वान्दोका जन्मदाता स्वगिर्य जनरल चोइ होङ हिको सयौं स्मृति दिवस तथा अवार्डिङ कार्यक्रममा नेपाल अन्तर्रा्ष्ट्रिय तेक्वान्डो महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय ब्ल्याक वेल्ट समितिका अध्यक्ष घम बहादुर थापालाई अन्तराष्ट्रिय तेक्वान्डो महासंघ (आइटिएफ) ले “आइटिएफ आउट स्ट्यान्डिङ इन्सट्रक्टर मेडल“ द्वारा सम्मानित गरिएको तेक्वान्दो महासंघ बाग्लुङ्घका सचिब प्रतिक घर्ती मगरले बताए ।

तेक्वान्डो विकासको निम्ति खेलेको महत्वपूर्ण भुमिकालाई कदर गर्दै नेपाल, भारत, अस्ट्रेलिया, मलेसिया, मङ्गोलिया तथा यूरोप लगायत देश का १५ प्रशिक्षकलाई अन्तराष्ट्रिय तेक्वान्दो महासंघले सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा नेपालबाट नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको प्रतिनिधित्व गर्दै नेपाल अन्तर्रा्ष्ट्रिय तेक्वान्डो महासंघका सस्थापक राजकुमार थापा र घम बहादुर थापा उक्त कार्यक्रममा सहभागी हुन गत मगंलबार जनगणतान्त्रिक कोरिया तर्फ प्रस्थान भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *