नेकपा अध्यक्ष प्रचण्डसंग के भने ताराखोलाका खत्रीले ?

खगेन्द्र विश्वकर्मा, म्याग्दी २०७५ कात्तिक २८ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले म्याग्दी जिल्लाको बेनी नगरपालिकाको तातोपानीमा प्राकृतिक उपचारका लागी धर्मपत्नी सहित आएका छन् । उनका साथ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सपत्नी तातोपानी कुण्डमा उपचारार्थ आएका छन् ।

यसैमौकामा ताराखोला गाउँपालिकाका नेकपाका युवा नेता दिवस खत्रीले अध्यक्ष प्रचण्डलाई भेटेका छन् । ताराखोलाको नेपाल माबिका अध्यक्ष समेत रहेका खत्रअध्यक्षज्यूसंग एक घण्टा समसामयिक विषयमा छलफल भएको ईबागलुङलाई बताए । उनले नेपाल माध्यमिक विद्यालयको आसन्न स्वर्ण महोत्सवको बारेमा अध्यक्ष प्रचण्ड एवं गृहमन्त्री थापालाई अवगत गराएको बताए ।

बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *