जापानमा ताराखोला समाज जापानको गठन

पूर्णभद्र निउरे, ताराखोला २०७५ कार्तिक २८ । रोजगारीको शिलशिलामा ताराखोला गाउँपालिका भित्रका विभिन्न ठाउँबाट जापान मा बस्दै आयका ताराखोले हरु को भेला ले ताराखोला समाज जापान को गठन गरेको छ।

सामाजिक हितमा तल्लिन रहने मुख्य उघश्य सहित ई स २०१८(११(०५ जापानको टोकियो स्थित मिलन रेष्टुरेन्टमामा सम्पन्न भेलाले केदार थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितीको उपाध्यक्षमा अनुप के सी , नइन्द्र थापा , डम्मर थापा सचिबमा बिष्नु के सी कडेल सह सचिबमा लाल बहादुर घर्ती मगर र कोषाध्यक्षमा डम्मर बहादुर धिमिरे रहेका छन । यसैगरी सद्स्यहरुमा कमला चोखाल,भविन्द्र चोखाल,नविन घर्ती मगर,टेक बहादुर बस्नेत,चित्र बहादुर क्षेत्री,हरी बहादुर क्षेत्री,बुद्दी थापा,मान शिंह लोहनी,नर ब निऊरे,ग्याम ब थापा,राजु के सी र गंगा घर्ती रहेका छन ।
त्यसै गरि भेला ले कृष्ण गौचन को संयोजकत्व मा नर बहादुर थापा , तेजिन्द्र थापा रहेको ३ सदस्यीय संरक्षक समिति र तेज बहादुर चालिसेको संयोजकत्वमा पदम बहादुर बुढाथोकी,रतन थापा,मेघराज कंडेल,गमन बहादुर बुढाथोकी,शन्त बहादुर थापा,दल बहादुर खत्री,डन्ड बहादुर चालिसे,रामु चालिसे रहने गरि ७ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।

संगठनको बिधि बिधान, ऊद्देस्य र निती नियम भने समितीको पहिलो बैठकले परामर्स र छलफल पछि पारित गर्ने सहमती भएको ताराखोला समाज जापानका अध्यक्ष केदार थापाले जानकारी दिए ।

परदेशमा रहेर ताराखोलाको समृद्धिका लागि केही गर्न सकिन्छ कि भन्ने सोचका साथ समाजको गठन गरिएको सहसचिव लाल बहादुर घर्ती ले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *