युवा संघको वनभोज : नेकपा पार्टी कार्यालय बनाउन नेपलीले ५ र अर्यालले २ लाख दिेने !

झरना कडेल, बुर्तिबाङ २०७५ कात्तिक २७ । नेपाल कम्निष्ट पार्टी नेकपा ढोरपाटन नगरपालिका युवा संघको आयोजनामा आज बनभोज कार्यक्रम भएको छ । नेकपाका नेता तथा कार्यकर्ताको उपस्थितिमा वनभोज कार्यक्रम गरिएको हो ।

वनभोज कार्यक्रममा नेकपाका जिल्ला पार्टी संयन्त्र सदस्य फमलाल न्युरे नेता तुल्सिराम अर्याल ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली उपप्रमुख करमति पुन बामपन्थी नेता दधिराम अर्याल, बाबुराम नेपाली नेकपा ढोनपा संयन्त्र सदस्यहरु चन्द्रलाल अर्याल लक्ष्मण पुन टंक प्रसाद पौडेल केशर बहादुर छन्त्याल नेकपा महिला प्रतिनिधि लक्ष्मी बानियाँ शिक्षक संगठन प्रतिनिधी झक प्रसाद केसी दलित प्रतिनिधि नर बहादुर विकको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै नेकपा नगर संयन्त्र सदस्य चन्द्र अर्यालले अब पार्टीलाइ नयाँ ढंगबाट अघि बढाउनुपर्ने र त्यसका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।
नेपाली काग्रेस पार्टी परित्याग गरि गिर बहादुर भण्डारी नेकपामा प्रवेश गरेका छन् भने सतिस कुमार सिंह पनि पार्टी प्रवेश गरेको नेकपाले जनाएको छ ।
सोही अवसरमा नेकपा पार्टी कार्यलय निर्माण सम्बन्धमा पनि छलफल भएको थियो । ढोरपाटन नगरपालिका प्रमुख नेपालीले पार्टी कार्यलय निर्माणका लागि आफुले नगद रु ५ लाख दिने बताए । नेकपा ढोनपा संयन्त्र सदस्य चन्द्रलाल अर्यालले २ लाख रुपैया दिने भएका छन् भने भिम बहादुर विश्वकर्माले ढोनपा वडा नम्बर १ मा ३ आना जग्गा, देव बहादुर विक र पुर्णप्रसाद सापकोटाले खप्तरिबाङमा ५ आना जग्गा दिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *