बडीगाड महोत्सव भव्य एवं शान्तिपूर्ण सन्चालनका लागी विशेष तयारी बैठक सम्पन्न !

दिेनेश शर्मा, बडीगाड बागलुङ २०७५ बमपत्तब २७ । आज बडिगाड सस्कृती प्रबर्द्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरे को अध्यक्षता मा ग्वालिचौर मा एक बैठक सम्पन्न भएको छ। प्रथम बडिगाड महोत्सव तथा पौदिन्वागी मेला २०७५ लाई ब्यवस्थित गर्न र शान्ती सुरक्षा ब्यवस्थापन गर्नका निमित्त आजको बैठक आयोजना गरिएको हो।

उक्त बैठकमा गाउपालिका अध्यक्ष मेहरसिह पाइजा, प्रहरी निरीक्षक ओम प्रकाश यादब,शान्ति सुरक्षा ब्यवस्थापन समितीका सदस्यहरु कृष्ण बहाुर घिमिरे, कमलराज आचार्य, जीवन घिमिरे, वडा नम्बर ५का वडाअध्य्क्ष्य अर्जुन प्रसाद खरेल, ६का वडाध्यक्ष्य मौसम काजी क्षत्री ,केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराई ,सचिब बिष्णु प्रसाद आचार्य ,आर्थिक सम्योजक गुणानिधी घिमिरे, प्रचारप्रसार सम्योजक प्रदिप खरेल, टिकट ब्यवस्थापक उत्तम जि सि, ईलाका प्रहरी कार्यलय भिमगिठेका प्र ना नि भोज बहादुर बानिया, इ प्र का बुर्तिबाङ का प्र ना नि राजु लामा ,प्रनानी लक्ष्मण रिजाल , प्रहरी चौकी खारका प्रहरी सहायक निरीक्षक लालमणि भट्टराई ,ट्राफिक प्रहरी हवल्दार बसन्त पौडेल,स्थानिय ब्य्वसायी बिराट श्रेष्ठ ,आयोजक खेलकुद तर्फका का यज्ञ घिमिरे,युवा नेता राजिब घिमिरे ,बडिगाड डोजोका अध्यक्ष राजन कुमार पाइजा,राष्ट्रिय कराते खेलाडी कपिल रोका मगर, बडीगाड गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदी, यातायात ब्यवस्थापनका सम्योजक ध्रुब घिमिरे ,नास्ता ब्यवस्थापन का सम्योजक मोहन जिसि ,पत्रकार दिनेश शर्मा महोत्सब सचिबालय का कार्यलय सचिब टीका पाइजा लगाएत को सहभागिता रहेको थियो।

उक्त बैठकले महोत्सव तथा मेलालाई थप ब्यवस्थित गर्न र शान्ती सुरक्षा कायम गर्न केन्द्रका अध्यक्ष कलाधर घिमिरे, गाउपालिका अध्यक्ष मेहरसिह पाइजा र प्रहरी निरीक्षक ओम प्रकाश यादब रहेको उच्च स्तरिय सुरक्षा समन्वय समिती गठन गर्ने निर्णय समेत गरिएको छ।

उक्त बैठकमा केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराईले तयारी तिब्र गतिमा अगाडी बढ्दै अन्तिम चरणमा पुगेको जानकारी दिदै अझै पर्यटकीय गन्तव्यहरुलाइ लक्षित गर्दै दीप प्रज्ज्वलन गर्ने, महोत्सव प्रचारप्रसारका निमित्त बाइक र्याली गर्ने, बडिगाड गाउपालिकाका वडाहरुमा सरससफाइ तथा छलफल कार्यक्रमहरु रहेको जानकारी गराएका थिए भने प्रहरी निरिक्षक ओम प्रकाश यादबले आयोजकलाई मेला अबधिभर अत्यन्तै शालिन र भद्र व्यवहार प्रदर्शन गर्दै मृदुभाषी बन्न सुझाब दिदै उक्त मेलाको सुरक्षार्थ नेपाल प्रहरी अत्यन्तै गम्भीर हुनका साथै तयार समेत रहेको बताएका थिए।

उक्त बैठकमा अध्यक्ष पाइजाले आफैले हन्टिङ गरेको भिरमौरीको मह चखाउदै स्थानिय उत्पादनलाई महोत्सबले टेवादिने बताएका थिए ।
बैठक केन्द्रका सचिब बिश्णु प्रसाद आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *