साताको तस्वीर : गाउँघरको सँस्कृति, मेला र महोत्सवमा !

शव्द/चित्र : किरण आचार्य,

बागलुङ २०७५ कात्तिक २७ । बागलुङ जिल्लाका गाउँघरमा रहेका सँस्कृति पछिल्लो समय मेला र महोत्सवमा देख्न पाईन्छ । चाहे त्यो सदरमुकाममा होस, चाहे त्यो जिल्लाका विभिन्न भागहरुमा आयोजना गरिने वार्षिकोत्सव, महोत्सव र मेला किन नहोस, गाउँ घरमा लोपोन्मुख अवस्थामा रहेका स्थानीय सँस्कृति, परम्परा एवं सँस्कारहरुको व्यापक प्रचार प्रसारमा सहयोग पुगेको विश्वास गरिएको छ ।

जिल्लाको सदरमुकाम बागलुङ बजारमा विगत केहि वर्ष यता आयोजना गरिएका खुला दिसामुक्त, साक्षरता घोषणा लगायत महोत्सवहरुमा जिल्लाका विभिन्न भागहरुमा त्यहाँको सस्कृतिलाई ल्याएर प्रदर्शन गर्ने गरिएबाट पनि लोपोन्मुख सँस्कृति बाहिर ल्याउने काम भएको छ । यति मात्र होईन हालै गल्कोटमा सम्पन्न प्रथम गल्कोट महोत्सवमा समेत ताराखोलाको सिस्नो खोस्ने सँस्कृति प्रदर्शन गरिएको थियो ।

खासगरी यस्ता मेला, महोत्सव एवं वार्षिकोत्सवहरुमा ताराखोलाको सिस्नो खोस्ने, जलजला, पाण्डवखानी, सिसाखानीका घाटु एवं सोरठी नाँच आदिलाई बढी प्राथमिकतामा राखिएको पाईन्छ । यस्ले गर्दा ती स्थानीय सँस्कृतीको प्रर्वधनमा उल्लेख्य सहयोग पुगेको छ ।
यस्ता कार्यक्रमहरुमा स्थानीय लोपोन्मुख सँस्कृति भन्दा लोककराकारहरुलाई मनग्गे रकम दिएर मेला महोत्सवमा समावेश गर्ने प्रबृत्ति बढेकोलाई चिन्ताको रुपमा हेरिएको छ ।

जिल्ला सदरमुकाममा सम्पन्न मेला महोत्सवमा प्रदर्शन गरिएका स्थानीय सँस्कृति झल्किने नृत्य, विभिन्न सँस्कृति, नौमती बाजा, कुनाकाप्चामा हालसम्म भेट्टिएका सँस्कार सँस्कृति झल्किने परम्परागत साँस्कृतिक झाँकी, स्थानीय भेषभुषा, पहिरन, हनुमान नाँच, लाखे नाँचका केहि तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।

निसीखोलाको पुतली नाँच लगायत जिल्लाका अन्य भागमा रहेका संस्कृतिहरुलाई पनि मेला र महोत्सवमा प्रदर्शन गर्ने व्यवस्था गर्नु आवश्यक छ ।

लेखक, ईबागलुङका फोटो सम्पादक हुन् ।

बोवाङको दुर्लभ नाँच ।

बागलुङ बजारको लाखे नाँच

बागलुङ बजारको हनुमान नाँच

ताराखोलाको सिस्नोपोल्ने र सोरठी नाँच

निसीखोलाको पुतली नाँच

विभिन्न जातजातीको पहिरन झाँकी आदि

खारबजारमा मनाईने न्वागी मेलामा परम्परागत भेषभूषामा स्थानीय किशोरीहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *