निस्ती बडीगाड साविक गुल्मीबाट दलित डा. कासिराम विश्वकर्मा सम्मानित !

कौरव खत्री, गुल्मी २०७५ कात्तिक २७ । निस्ती बडीगाड सामुदायिक विकास केन्द्र गुल्मीले डा. कासिराम विश्वकर्मालाई सम्मान गरेको छ । निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीको आफ्नो गत बुधवार भएको केन्द्रको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रमको अवसरमा मुसिकोट नगरपालिका १ थामडाँडा कटौजे गुल्मीमा जन्मेर डाक्टर बनेका कासिराम विश्वकर्मालाई केन्द्रका अध्यक्ष मोहन घिमिरे र प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले डाक्टर विकलाई फुलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथै विकट गाँउमा जन्मेका यस क्षेत्रको दलित समुदायको प्रतिनिधिन्व गरेर डाक्टर बन्ने विश्वकर्मा पहिलो हुन उनी हाल जिल्ला अस्पताल गुल्मीमा कार्यारत रहेका छन् ।

साथै लामो समय संर्घष गरेर बनेका डाक्टर विकले आफूलाई केन्द्रले सम्झेर जुन सम्मान ग¥यो त्यो आफ्नो लागि निकै खुसीको क्षण भएको भन्दै यो सम्मानले आफूलाई थप जिम्मेवार र कर्तव्यबोध बनाएकोले आफ्नो कार्यप्रति थप प्रेरणा थपेको डा.विकले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *