दोस्रो पूर्ण बैठक: ‘पत्रकार महासंघको घर, हामी सबैको रहर’ अभियान पहिलो प्रथामिकता !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन २८ । नेपाल पत्रकार महासंघको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले पत्रकार महासंघको सुविधा सम्पन्न घर बनाउन पत्रकार महासंघको घर हामी सबैको रहर भन्ने नाराका साथ पत्रकार आफैबाट आर्थिक अभियान संकलन गर्न लागेको छ । त्यसै गरि विभिन्न संस्था तथा तथा व्यक्तिबाट सहयोग जुटाउने गरि कार्यभार विभाजन गरेको छ ।

बैठकले आर्थिक संकलनमा महासंघका कोषाध्यक्ष विजय रानाको संयोजकत्वमा सदस्य गणेश पौडेल, नारायण रिजाल जीवनकला खत्री सरितालाई जिम्मेवारी दिएको छ ।

भवन निर्माण प्रचार सामग्री तयार गर्न समितिका सचिव राम थापा अविरल, सह सचिव नवीन शिशिर विक र सुवास आचार्यलाई जिम्मेवारी दिएको छ ।

पत्रकारहरुको पारिश्रमिक अवस्था अध्ययन गर्न अध्यक्ष दिल शिरिषको संयोजकमा उपाध्यक्ष नरेश कडेल, उषा पौडेल, सचिव राम थापा अविरल , सदस्य सिर्जना पन्तलाई जिम्मेवारी दिएको छ ।

कार्यलयलाई चुस्त प्रभावकारी तरिकाले संचालन गर्न सचिव राम थापा अविरललाई जिम्मेवारी दिईएको छ ।

त्यसै गरि महासंघले सुचना प्रवाह गरेबापत स्वेच्छिक र न्युनतम ५ सय शुल्क निर्धारण गरेको छ । साथै नयाँ बर्ष २०७४ को अवसरमा भित्तेपात्रो प्रकाशन गर्न गणेश पौडेलको संयोजकमा लोकेन्द्र सुनार र खगेन्द्र विश्वकर्मालाई जिम्मा दिने निर्णय गरेको छ ।

त्यसै गरि महासंघको भवन निर्माण गर्न संचारमाध्यमका संस्थासंग उपयुक्त समयमा छलफल गर्ने र सल्लाहकार समितिमा ज्ञानेन्द्र गौतम, उमाकान्त शर्मा , कोपिला कंडेल र टेकबहादुर क्षेत्री संगम गठन गरेको छ ।

आकस्मिक रुपमा कुनै विषयमा छलफल गर्न परेमा उपलब्ध सदस्यहरु बसी निर्यण गर्ने र पुर्ण बैठकमा अनुमोदन गर्ने निर्णय गरेको छ ।
बैठकमा सल्लाहकार पुर्व अध्यक्ष रामबहादुर जिसी निवर्तमान अध्यक्ष मुकेश राजभण्डारीको उपस्थित रहेको थियो ।

आगामि बैठक जिल्लाको विभिन्न स्थानामा बस्ने भएको छ । बैठक महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.