तारामा कच्ची नाङ्गी रिंगरोड निर्माण सम्पन्न !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन २८ । ताराको सिँजाली चोक मपेश, बारदुले, सिरेन डाँडा हुँदै नाँगी सम्म कच्ची रिँगरोड सम्पन्न भएको छ ।
जिल्ला विकास योजना अन्तरगत राजस्व बाँडफाड विदुत रोयल्टी शिर्षकमा विनियोजित रकम ३ लाख, गाउविकास समिति ताराको परिषदबाट १ लाख ,स्थानियबाट २ लाख ५ हजार संकलन गरि ७ लाख १० हजारमा रिंगरोड सम्पन्न गरेको र १ लाख ५ हजार ऋिण रहेको सिँँजालीचोक नांगी मोटर उपभोक्ता समितिका अध्यक्ष नारायण घर्तीले बताए ।

उक्त मोटरबाटोमा जुल्फे महिला समुहले २५ हजार, वडा प्रमुख देविलाल घर्तीले १८ हजार, निवर्तमान उपभोक्ता समितिका अध्यक्ष भक्तप्रसाद बुढाले १८ हजार, खेप पुन, लोक बहादुर रोका, नरबहादुर घर्ती ,पोकबहादुर घर्ती ,जुल्फे सामुदायिक बन, जुल्फे नाट्य समुह र प्रवासी युवाहरुले १२ हजार रकम प्रदान गरेको छन् ।

त्यसै गरि रत्नबहादुर घर्ती ,ओमबहादुर रोका,भविलाल विक,मनकलि घर्ती ,नरबहादुर बुढा, दिलबहादुर घर्ती अमर बहादुर विक लगाएतले ६ हजारका दरले मोटरबाटो निर्माणमा रकम प्रदान गराएका हुन् ।

त्यसै गरि ३ हजारका दरले रकम प्रदान गराउनेमा भिम प्रसाद घर्ती ,रामबहादुर दर्जी, चन्द्रप्रसाद घर्ती, उमेशकुमार विक, मनबहादुर श्रीष, चित्रबहादुर दर्जी, गौरे दर्जी रहेका छन् ।

पदम बहादुर बहादुर घर्तीले २ हजार ,छम बहादुर विश्वकर्मा १ हजार ५० नारायण दर्जी १ हजार , कुलबहादुर विक १ हजार, रत्नबहादुर दर्जी, नरबहादुर दर्जी १५ सय, सरबहादुर दर्जि ५ सयका दरले मोटरबाटोका लागि रकम उपल्ध गराएका थिए ।

घुम्ती बाटो निर्माण मा १ किलोमिटर ५० मिटर कच्ची मोटरबाटो निर्माण सम्पन्न भएको हो ।

७ बर्ष अगाडि स्थानियको ७ लाख लागतमा ३ किलोमिटर कच्ची मोटरबाटो निर्माण गरेको भक्तप्रसाद बुढाले बताए । आगामि बर्षमा बाटोलाई प्रयटकीय सुन्दर स्थल उपल्लो नाङ्गी पुर्याउने लक्ष राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *