दशैँ तिहारमा गुल्मी वामी टक्सार र बागलुङ बजारमा उत्पादिन झिनियाँ रोटीको कारोबार २ करोड बढी !

कौरव खत्री, गुल्मी/ कुसुम थिङ्, बागलुङ २०७५ कात्तिक २७ । गुल्मीको वामीटक्सार बजार तथा बागलुङ जिल्लाको बागलुङ बजार, गल्कोट हटिया, खारबजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै राम्रो भएको यसका उत्पादकहरुले बताएका छन् ।

मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा तिहार आसपासमा झण्डै ३० लाख बराबरको झिनियाँ रोटीको कारोवार भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले ईबागलुङलाई जानकारी दिए । उता बागलुङ सदरमुकामा झिनियाँ रोटी उत्पादन गर्नेहरुले यस सालको दशैँ तिहारमा झण्डै एक करोडको विक्री भएको यसका व्यापारीहरुले बताएका छन् ।

बागलुङ नगरपालिका २ को मरेपिपल टोलका झिनियाँ रोटी उत्पादन गर्ने परिवाहरुले यसवर्ष राम्रो बिक्री भएको बताए । बागलुङ बजारमा ज्योति श्रेष्टव्दारा सन्चालित ज्योति झिनियाँ रोटी फ्याट्रीबाट मात्रै वर्षेनी लाखौँको झिनियाँ रोटी विक्रीहुने जानकारी दिईन । यहाँ उत्पादित झिनियाँ रोटी कास्की काठमाडौ सम्म खपत हुने भनाई थियो ।

यसैगरी बागलुङ जिल्लाको हटिया बजार र खार बजारमा पनि झिनियाँ रोटी बनाएर विक्री गरिन्छ ।

दशै र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केहि बर्षयता झिनिया बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०/८० जना सम्म झिनिया व्यवसायी पुगेको स्थानीय झिनिया व्यापारी शाक्यले जानकारी दिए ।

वामीटक्सार बजारमा उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको पाइन्छ ।

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनियाको व्यापार गरेको भन्दै झिनिया बनाउन सक्ने हो भने जति पनि झिनिया खपत हुने गरेको र झिनिया विक्रिवितरण नहोलाकी भन्ने चिन्ता चाही नहुने मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारकी स्थानीय झिनिया व्यवसायी बिष्णुमति श्रेष्ठले बताइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *